अहिले डोल्पामा बैमौसमी हिउँले असर पु¥याएको छ । शे–फोक्सुण्डो गाउँपालिका डोल्पाका अध्यक्ष धावा सम्डुक गुरुङ एक हप्तादेखि फोक्सुण्डो तालकै छेउमा रहेको गाउँमा छन् । तालको छेउमा रिग्मो गाउँ रहेको छ । ताल हेर्न आउनेहरु यही गाउँमा बस्छन् । गाउँपालिकाको प्रशासकीय केन्द्र सालदाङमा रहेको छ ।

पालिकाका अध्यक्ष धावा सम्डुक ५ हजार ६सय मिटर अग्लो कंलापास हिमाल पार गर्न नसक्ने भएपछि हप्ता दिनदेखि प्रशासकीय केन्द्र जान नसकेको उनले बताए । वैशाखमा हिउँ पर्ला भन्ने कुनै अनुमान थिएन । उन्ले जलवायु परिवर्तनको मारमा आफूहरु पनि परेको बताए । गर्मी सिजनमा सजिलै पार हुने कंलापास हिमालमा तीन दिनअघि परेको हिउँले बाटो नै बन्द भएपछि रिग्मो गाउँमा बस्न बाध्य भएको उन्को दुखेसो छ ।

पालिकाका विभिन्न योजना अनुगमन, निरीक्षण तथा योजना तर्जुमा गर्नका लागि पालिकामा परिचालन भएको टोली हिउँकै कारण गनतव्यमा पुग्न सकेको छैन् । सडक सञ्जालसँग नजोडिएको यस पालिकामा अधिकांश ठाउँमा हिडेरै जानुपर्ने बाध्यता छ । चीनको सिमानासँग यो पालिका जोडिएको छ । पालिकाका अध्यक्ष मात्र होइन, प्रशासकीय केन्द्र जाने अधिकांश सर्वसाधारण रिग्मो गाउँमै बस्नु परेको छ ।

वैशाख महिनासम्म हिउँ पर्दा चकित परेको उन्को भनाई छ । हिउँकै कारण सबै ठाउँमा पुगेर सरकारी सेवा दिनसमेत मुस्किल भएको अध्यक्ष धावा गुरुङले जानकारी दिए । १२ वर्ष पछि लाग्ने शे मेलाको समेत तयारी गर्नुपर्ने भएपनि हिउँले सबै काम ढिला गरिदिएको उनले सुनाए ।

१२ वर्षमा एक पटक लाग्ने यो मेलामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । मेला व्यवस्थापनका लागि पालिकाको केन्द्रमा पुग्न खोजेपनि सम्भव नभएको उनले बताए । बुद्ध धर्म मान्नेहरु शे मेलामा आउने गर्दछन् । १२ वर्ष पछि लाग्ने मेला भएकाले विशेष महत्वका साथ हेरिने गरेको छ । बेमौसमी हिउँका कारण जेठ १ गते यार्सापाटन खुल्ला गरिएपनि यार्सा संकलनमा समेत प्रभाव पर्ने देखिएको छ ।

कात्तिकदेखि माघसम्म हिमपात हुने उपल्लो डोल्पामा अहिले वैशाखमै हिउँ पर्दा समस्य देखिएको छ । जलवायु परिवर्तनले स्थानीयमा पारेको असरबारे जानकारी लिन उपसभामुख इन्दिरा रानामगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली डोल्पाको फोक्सुण्डो क्षेत्रमा पुगेर फर्किएको छ । शे फोक्सुण्डो गाउँपालिकाका पदाधिकारी, स्थानीय समुदायबीच भएको छलफलमा उपसभामुख रानामगरले जलवायु परिवर्तनले बाढी पहिरो गएको, कृषि र पर्यटनमा प्रत्यक्ष असर पु¥याएकोबारे स्थानीयमा पर्याप्त जानकारी नभएको बताउँदै आफू पहिला पनि डोल्पा आउँदा अलि फरक पाएको बताइन् ।

प्रकृतिको संरक्षण हुन सकेको छैन । त्यसले पर्यटनलाई प्रभावित बनाएको छ । यसलाई रोक्न सबैको सहकार्य जरुरी छ उनले भनिन् । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले प्रकृतिको संरक्षित हुने अधिकार रहेको र यसबारे अदालतले यसबारे विभिन्न निर्णय गरेको बताइन् । प्रकृतिको पनि आत्मसम्मान हुन्छ । त्यहाँका समुदाय, जातजातिको भावनाअनुसार संरक्षित हुने अधिकार हुन्छ । यो विषय पनि जलवायु न्यायसँग जोडिएको छ, नेपालको हिमाल, ताल जोगाउनु नेपालीका लागि मात्र नभएर विश्व समुदायको लागि आवश्यक छ उन्ले भनिन् ।

राष्ट्रियसभाका सांसद एवं पूर्वपरराष्ट्र मन्त्री डा. विमला राई पौडेलले डोल्पा यात्राबाट जलवायु परिवर्तनले फोक्सुण्डोसहितका क्षेत्रमा परेको प्रत्यक्ष असर बुझ्ने अवसर मिलेको बताइन् ।

शे फुक्सुण्डो गाउँपालिकाका अध्यक्ष दावा सन्दुक गुरुङ, वडा नम्बर ८ का वडा अध्यक्ष निमा लामालगायतले केन्द्रबाट आएको टोलीसमक्ष ताल संरक्षण गर्नुपर्ने, जग्गाको मुआब्जा पाउनुपर्ने, पदयात्रा व्यवस्थित बनाउनुपर्ने, पहिरोलगायत जोखिम न्यूनिकरणमा राज्यले ध्यान दिनुपर्नेलगायतको मागसहित ज्ञापनपत्र पेश गरेका छन् ।

सोमवार, २५ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे