सिन्धुपाल्चोकको हिमाली भेगका स्थानीयको प्रमुख आयस्रोत चौँरी पालन हो । चौँरीको दुध र छुर्पी बेचेर नै यहाँका किसानहरूले गुजारा चलाउँदै आएका छन् ।

वर्षको नौ महिना चौँरी पालनका लागि खर्कमा नै बिताउने गरेका यहाँका किसानहरूले सरकारले चौँरी पालक किसानहरूका लागि कुनै कार्यक्रम नल्याएको उनीहरुको गुनासो छ ।

सरकारले चौँरी पालनका लागि उचित वातावरण सिर्जना गरे आफूहरू व्यावसायिक चौँरी पालन गर्न तयार रहेको जुगल गाउँपालिका तेम्बाथानका पेरन्जी शेर्पाले बताईन् । उन्ले जिवन निर्वाहको लागि चौँरी पालन गरेको बताईन् । सरकारको साथ पाउने हो भने व्यावसायिक रुपमा नै चौँरी पालन गर्ने उन्को भनाई छ । शेर्पा एक्लैले मात्र ४२ वटा चौँरी पालन गर्दै आई रहेकीछन् ।

खासगरि जिल्लाका जुगल, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको हिमाली भेगका किसानहरू चौँरी पालन गर्दै आइरहेका छन् । पुर्ख्यौली पेशा चौँरी पालन गर्दै आइरहेका यहाँका किसानहरूले जीविकोपार्जनका लागि अन्य स्रोत नभएपछि आम्दानी कम हुने भएता पनि चौँरी पालन गर्न बाध्य छन् । सरकारले कृषि क्षेत्रमा लगानी गरेको सुने पनि आफूहरूलाई अहिलेसम्म कुनै अनुदान नमिलेको जुगल गाउँपालिका दिपुका किसान म्ङिमालमू शेर्पाको भनाई छ ।

खर्कमै जन्मेकी शेर्पा विगत ४० वर्षदेखि यही पेशामा छिन । खर्कमा चौँरी चराउनु, हेरचाह गर्न, दुध र छुर्पीलाई बजार पु¥याउनु उन्को दैनिकी नै बनेको छ । आम्दानी त यसै हो घर चलेको छ उन्ले भनिन् ।

समुद्री सतहबाट २ हजार पाँचसय मिटरको उचाइमा रहेको जुगल गाउँपालिकाको निमिल्हा खर्कमा यतिखेर चौँरीको लस्कर देख्न सकिन्छ । यहाँका किसानहरू त्यही निमिल्हा हुँदै दोङजाङमा, चासीखर्क, ने–पेमाछाल हुँदै समुद्री सतहबाट ३ हजार ८ सय मिटर उचाइमा अवस्थित जुगल हिमशृङ्खलाको बेसक्याम्प पुम्बासेर्पुसम्म चौँरी गोठ सार्दै पुग्ने गर्छन् । कहिलेकाहीँ गोठमा चौँरी मात्र हैन मान्छे पनि बिरामी हुने गर्छन् । त्यो समय यहाँ चौँरी र मान्छे दुवैको उपचार स्थानीय जडीबुटीबाट नै हुने गर्छ ।

हामीलाई दुःख छ सर, किसान म्हिमालमू शेर्पा भन्छन, खै सरकारले कृषि क्षेत्रमा काम गर्नेहरूलाई अनुदान दिन्छ रे, हामीलाई चैँ किन नदिएको होला उन्ले प्रश्न गरीन् । जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले भने आफूले चौँरी पालक किसानहरूलाई अनुदान लागि संघ र प्रदेश सरकारसँग पहल गरेको बताए । उनले पालिकाबाट पनि याक खरिदका लागि १० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

सरकारले अनुदान दिए यस क्षेत्रमा चौरी पालन व्यवसाय फस्टाउने थियो । त्यसैले स्थानीय सरकारले चौरी पालक कृषककालागि अनुदान दिए कृषकको जिवनस्तर माथि उठ्ने थियो ।

सोमवार, २५ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे