विदेशी पर्यटकको रोजाईमा पर्ने चर्चित अन्नपूर्ण पदमार्ग अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा पर्ने महरेडाँडाको सुन्दरतामा पर्यटक आकर्षित हुन थालेका छन् ।

समुन्द्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित महरेडाँडामा बाह्रय पर्यटकको चाप बढ्दै गएको छ। डाक्टर महाविर पुनको सक्रियतामा स्थापित पर्यटकियस्थल मोहरेडाँडामा पुग्ने पर्यटकले सिस्ने, गुर्जा, धौलागिरि, माछापुच्छे, मनास्लु र अन्नपुर्ण जस्ता दर्जनौ बढी हिमालहरु र सुर्योदय र सुर्यास्तको मनमोहक दृष्य हेर्न पाउछन् । डाडाँबाट पोखरा बजार संगै फेवाताल, म्याग्दी, पर्वत, बागलुङ, कास्की, पाल्पा लगायत जिल्लाका पहाडका टाकुरा र बस्ती, घना जंगलको दृष्य देख्न पाईन्छ ।

डाँडाको वरीपरि घना गुरासे जंगल, चौरी लगायतको पशुगोठ, चराचुरुङ्गीको आवाज, जडिबुटीको जंगलसंगै शान्त वातावरणले आन्तरिक तथा बाह्य पर्यटकले आनन्द महशुस गर्छन । शान्त वातावरण अन्तरगत लालीगुरासँको टे«कमा आउने पर्यटक बढेपछि मोहरेडाडाँमा २० बेडबाट होटल क्षमता बढाएर ८० बेड पु¥याएका छन् । पदयात्रामा घुम्दै पुगेका पोखराका पर्यटक महेश पुनले लालीगुराँसको जंगलको यात्रासंगै मोहरेबाट देखिने दृष्यले आनन्द महशुस भएको बताए ।

विहानको मनोरम दृष्य हेर्नका लागि एकरात बस्ने गरि फ्रेन्स, जर्मनी, अमेरीकी, रसिया, अष्ट्रेलिया, कोरियन लगायत देशका पर्यटक बढी आउने गरेका छन् । चैत, वैशाखमा महरेडाँडा आसपासको वनजङ्गल क्षेत्रमा ढकमक्क फुल्ने राताम्य लालीगुराँसले पदयात्री पर्यटकहरुलाई खुब लोभ्याउने गर्दछ । सोलार विजुलीबाट सामुदायिक लज संचालन गरिएको मोहरेमा एकचोटी धेरै पर्यटक पुग्दा खानेपानी र विद्युतको समस्या पर्ने संचालक नविन पुनले बताए ।

खराव मौसमको समयमा सोलार नचल्दा ३ सय मिटर तल तल्लो मोहरेबाट खच्चडमा पानी लिएर पर्यटकलाई खुवाउने गरिन्छ । खानेपानी सहज पहुच, केन्द्रिय विद्युत, पर्यटक भुलाउने थप पूर्वाधार निर्माण गर्न सकेमा यहाँको पर्यटन विकासले यस क्षेत्रमा होटल विस्तारसंगै रोजगारी सिर्जना गर्न महत्पूर्ण सहयोग अपेक्षा पुनले गरेका छन  ।

पर्यटकिय गन्तव्यको रुपमा चर्चामा आउने थालेपछि स्थानीय, प्रदेश र संघ सरकारले होटलको क्षमता विस्तारमा बजेट उपलब्ध गराउदै आएको छ। महरेडाँडाको भ्रमणका लागि म्याग्दीको बेनीबाट नागी र राम्चे हुँदै आलडाँडा भएर मोहरे, कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी–कोखे हुँदै महर रे बेनीबाट घोरेपानी–पुनहिल हुदै माहरे र पर्वतको मिलनचोक–सालिजा–जलजला र हप्पाल हुँदै पर्यटक पुग्ने गर्छन् । पर्यटकिय क्षेत्रको पादयात्रामा देखिने मौलिक पुराना घर, गोठ, चौतारी, कुवा, ढुङ्गे धारा लगायतका संरचनालाई जोगाउनुपर्ने देखिन्छ ।

 

आइतवार, २४ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे