खानीखोला गाउँपालिकाले कफी खेतीलाई प्राथमिकतामा राखेको छ । दिगो आयस्रोतका रुपमा कफी खेती छनोट गरी चालू आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम गाउँपालिकाले अघि सारेको थियो ।

उक्त कार्यक्रमअन्तर्गत हाल कृषक समूह र कृषि सहकारी गरी ११ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान वितरण गरिएको थियो । सबै कृषक समूहलाई रु पाँच लाख ४५ हजार सात सय ७६ वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कफी किसानलाई प्रोत्साहन दिन लागू गरिएको अनुदान कार्यक्रमअनुसार चालू आवमा रु. ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार अनुदान वितरण गरी बाँकी बजेटबाट कृषकलाई थप ३५ हजार बिरुवा वितरण गर्ने तथा नर्सरी प्रवद्र्धनमा लगानी गरिने छ ।

गाउँपालिकाले यस वर्ष ३५ हजार केजी कफी उत्पादन हुने अनुमान गरेकामा १५ हजार ९३ केजी मात्रै उत्पादन भएको जनाएको छ । “समूहभन्दा बाहिर रहेका किसानलाई समेत समेटेर आउँदो आवमा कार्यक्रम बनाउनेछौँ”, अध्यक्ष थिङले भने । उनले भौगोलिक विकटताका कारण अन्य नगदे बालीको भन्दा कफीको बजारीकरण सजिलो देखिएकाले उक्त खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए ।

गाउँपालिकाले उत्पादन भएमध्ये एक किलो बराबर रु ३५ कृषकलाई अनुदान दिने निर्णय गरेको छ । विगत १२ वर्षदेखि कफी खेती गर्दै आएका वडा नं ६ का किसान बाबुलाल घलानले गाउँपालिकाबाट अनुदान पाएपछि आफूहरु निकै खुसी भएको बताए । वर्ष पाँच सय केजी कफी उत्पादन गरेका उनले यसबाट वार्षिक रु तीन लाख आन्दानी गर्दै आएका थिए ।

यस वर्ष गाउँपालिकाबाट एक सय ७६ कफी कृषकले अनुदान पाएका छन् । सबैभन्दा बढी मिल्चे साना किसान कृषक समूहले कफी उत्पादन गरेको हो । गाउँपालिकाको कृषि शाखाका अनुसार सो समूहले तीन हजार एक सय ६९ केजी कफी उत्पादन गरेको थियो ।

यस्तै फलामेटार कफी उत्पादक समूहले पाँच सय ५८ केजी, महादेवटार कृषक कफी समूहले एक हजार पाँच सय ९८ केजी, कोदाखरिया कफी उत्पादक सहकारी संस्थाले दुई हजार चार सय पाँच केजी, चाकल भीमसेन कृषक समूहले दुई सय ६४ केजी, दीपज्योति कृषक समूहले आठ सय ८४ केजी, सानुखोला कफी कृषक समूहले एक हजार आठ सय ८४ केजी, सिमलटार जनएकता कृषक समूहले एक हजार सात सय ८५ केजी, मन्जुश्री कृषक समूहले दुई हजार छ सय २३ केजी र साल्मे कृषक समूहले तीन सय सात केजी कफी उत्पादन गरेको जनाइएको छ ।
रासस

आइतवार, २४ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे