Trending
राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले युवाहरुको लगानसिलता र मेहनतले मात्र मुलुकको बिकास हुने बताएकाछन् । पोर्चुगलस्थित राप्रपाको भातृसंगठन प्रवासी नेपाली एकता समाजको आज पोर्चुगलमा भएको कार्यक्रममा उनले मुलुकको विकासकोलागि युवाहरुको सोच र दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए ।
एकता समाजको निमन्त्रणामा पोर्चुगल पुगेका युवा नेता कार्कीले मुलुक निर्माणमा प्रवासी नेपाली एकता समाजको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए । नेपालमा आर्थिक मन्दि आएको तर्फ संकेत गर्दे उन्ले युरोपेली मुलुकमा रहेका युवाहरुको लगानी र व्यवसाय नेपालकोलागि आवश्यक रहेकोमा जोड दिए । प्रवासमा रहेर पनि देश र पार्टी प्रतिको जिम्मेवारी देखेर आफूलाई खुशी लागेको उनको भनाई थियो ।
उनले प्रवासी नेपाली एकता समाजको पार्टीप्रतिको लगाव र जिम्मेवारीले आफूलाई थप हौसला मिलेको पनि बताए । उनले पोर्चुगलमा रहेका पुर्व राष्ट्रिय फूटवल खेलाडीसंग भेट गरी नेपालको फुटवल खेलमा सहयोग आदानप्रदान र फुटवल खेलको बिकासबारे छलफल गरेका थिए । पोर्चुगल रहँदा त्यहाँका बाणिज्य दुतसंग भेटी पछिल्लो समय युरोपेली मुलुकमा नेपाली कामदारलाई व्यवस्थित र युरेपेली मुलुकसरह कानुनी प्रावधानबारे प्रगति भएकोमा धन्यवादसमेत दिएका थिए ।
उनले पछिल्लो समयमा युरोपमा रहेका नेपालीको अवस्था उच्च र आर्थिक अवस्था अत्यन्तै राम्रो पाएको भन्दै एनआरएनएलाई पनि धन्यवाद दिए । पोर्चुगलमा बिभिन्न नेपाली व्यवसायी र त्यहाँका होटल व्यवसायी, रेष्टुरेण्ट व्यवसायी एनआरएनएसंग भेट गरी नेपालको बिकास र लगानी बारे छलफल गरेका थिए ।
त्यसैगरी कार्कीले प्रवासी नेपाली एकता समाज बेल्जीयमको कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए । उनले युरोप रहँदा बिभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम छ ।