Trending
बागमती प्रदेशका गाईभैँसीपालक किसानलाई व्यावसायिक तालिम प्रदान गरिएको छ । बैशाख १७ गतेदेखि सुरु भएर एक हप्तासम्म सञ्चालित तालिममा उद्यमशीलता विकास तथा व्यावसायिक कार्ययोजनासम्बन्धी तालिम दिइएको हो ।
तालिममा बागमती प्रदेशका १३ वटै जिल्लाका १७ जना गाईभैँसीपालक व्यवसायीहरू सहभागी रहेका वरिष्ठ तालिम अधिकृत डा. गौरीमान श्रेष्ठले जनाएका छन् ।
उक्त तालिममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्वसचिव राजेन्द्र भारी र डा. बद्रीप्रसाद वास्ताकोटीले प्रशिक्षण गरेका थिए । तालिमको अन्तिम दिन सहभागीहरूले आफ्नो फार्मको नाफा नोक्सानकाे अवस्था, लगानी गर्नुपर्ने ठाउँ, उत्पादन लागत निकाल्ने तरिका र लागत कम गर्ने उपायहरूलगायत विभिन्न विषयमा जानकारी लिएका थिए ।