जिल्ला विपद् व्यवस्थापन समितिले सङ्खुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पहिरो खसेर बनेको तालको स्थलगत अनुगमन गरेको छ ।

निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थलको बाँध निर्माणस्थलमा गत आइतबार पहिरो खसेपछि झन्डै तीन किलोमिटर ताल बनेको छ । अरुणमा पानीको बहाव बढेको र तालको पानी नघटेपछि जोखिम बढेको गुनासो स्थानीयवासीले गरेपछि विपद् व्यवस्थापन समितिले अनुगमन गरेको हो ।

अरुण तेस्रो आयोजनाले अरुणमा २६ मिटर अग्लो अस्याथी बाँध बनाएर खोला फर्काएको थियो । अरुण थुनिएपछि अरुण तेस्रोमा बाँध निर्माणस्थलको काम ठप्प भएको छ । अझै पनि सुक्खा पहिरो ५० मिटर माथिबाट लगातार खसिरहेको प्रहरीले जनाएको छ ।

टोलीमा सेनाको पूर्वीपृतनापति उपरथी आशबहादुर तामाड र २ नं बाहिनी हिलेका बाहिनीपति सहायक रथी महेशकुमार थापाको पनि सहभागिता थियो । बाँध निर्माणस्थलमा भारतीय कम्पनी जयप्रकाश एशोसिएट्स लिमिटेडले बाँध बनाउने काम गरिरहेको छ ।

शनिबार, २३ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे