इलामको सन्दकपुर गाउँपालिका पर्यटन प्रवर्द्धनका लागि जनप्रतिनिधि केन्द्रमा आइपुगेका छन् । पर्यटनको पर्याप्त सम्भावना बोकेको सन्दकपुरका जनप्रतिनिधि काठमाडौं आएर पूर्वप्रधानमन्त्री, पर्यटन मन्त्रीहरू र पर्यटनसँग सम्बध प्रतिनिधिमूलक संस्थाहरुसँग पर्यटन विकासका लागि समन्वय गरेका छन् ।

कृषि र पर्यटनलाई सँगै जोडेर पर्यटको विकासका लागि सन्दकपुरका जनप्रतिनिधिले सरकारका र मातहतका निकायको ध्यानकर्षण समेत गराएका छन् । बजेट निर्माणको पूर्व सन्ध्यामा जनप्रतिनिधिले यसै साता पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, पूर्व सभामुख तथा इलामका संसद सुवास नेम्वाङसँग भेटेर सन्दकपुरको पर्यटन प्रवर्द्धनमा जोड दिन आग्रह गरेका छन् ।

सन्दकपुर गाउँपालिकाका पर्यटकीय स्थलको प्रचारप्रसार साथै यस क्षेत्रको विकासका लागि संघीय सरकारको ध्यानकर्षणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, शहरी विकास मन्त्री सीता गुरुङसँग पनि छलफल गरेका छन् । ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान), नेपाल पर्यटन बोर्ड तथा पर्यटन क्षेत्रका प्रतिनिधिकमुलक संस्थासँगको सहकार्य गरिरहेको छन् ।

काठमाडौं आएका सन्दकपुरका वडाध्यक्षहरू लीलबहादुर बुर्जा, यज्ञबहादुर गुरुङ र सनम राईसहितको टोलीले विभिन्न व्यक्ति तथा निकायसँग छलफल गररिरहेको छ । नेपाल पर्यटन बोर्डले रामसार क्षेत्र माइपोखरी हुँदै छिन्टापु–ढापपोखरी–सन्दकपुर जोड्ने पदमार्ग प्रवर्द्धनमा बोर्डले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

सूर्योदय र सूर्यास्तको अवलोकनसँगै सन्दकपुरबाट नेपाल, भारत र भुटानका ६० भन्दा बढी हिमाल देख्न सकिने सन्दकपुरको पर्यटकीय क्षेत्र जोड्ने पदमार्ग निर्माण तथा पर्यटन पूर्वाधार पर्यटन विकासका लागि टोलीले संघीय सरकारको ध्यानकर्षण गराएको छ । सन्दकपुरलाई आन्तरिक र बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास गर्नका लागि राजधानी आएको टोलीले नीतिगतरुपमै सम्बोधन गर्नका लागि पर्यटन मन्त्री किरातीलाई सुझाएको छ ।

टोलीले पदमार्गमा आन्तरिक र बाह्य पर्यटकलाई पदयात्रा निर्माणका लागि टानलाई सहयोग गर्न प्रस्ताव गरेको छ । सन्दकपुरको पदमार्गलाई नामाकरण गरी त्यसलाई विश्व बजारमा बिक्री गर्न टानलाई सुझाएको छ । सन्दकपुर डाँडा इलामकै सबैभन्दा अग्लो ९३,६३६ मि।० स्थानमा रहेको पर्यटकीय क्षेत्र हो । भारतीय सीमा क्षेत्रमा पर्ने सन्दकपुरमा भारतीय नागरिकका साथै तेस्रो मुलुकबाट पनि पर्यटक भित्रिने गरेका छन् । छिन्तापु, कालपोखरी, कैयाकट्टा, जौबारी, टप्पु, माबुथाम, हाँगेथाम जस्ता अग्ला थुम्काहरू पनि यहाँका आकर्षण हुन् । सन्दकपुर गाउँपालिकाभित्रै रेडपाण्डा पनि अवलोकन गर्न सकिन्छ ।

सन्दकपुर गाउँपालिकामा निर्माण भइरहेको रेडपाण्डा प्रजनन केन्द्र सञ्चालन, माइपोखरी–सन्दकपुर सडक स्तरोन्नति, सातखाल्डे खेलमैदान, गजाधर धनमाया रंगशाला निर्माणलगायतका योजनाबारे जानकारी गराउँदै टोलीले बजेट विनियोजनका लागि पहल गर्न पनि आग्रह गरेको छ । समुन्द्री सतहबाट ९ सयदेखि तीन हजार ६ सय ३६ मिटर उचाईसम्म फैलिएको छ । भारतीय पर्यटन नक्साको उत्कृष्ट १ नम्बरमा राखिएको सन्दकपुर सन्दक्फुबाट पनि चिनिन्छ ।

प्राकृतिक रमणियता सास्कृतिक विविधता, भौगोलिक विषमतायूक्त हावापानी र विविध जातिय संस्कृति हेर्न वर्षेनी हजारौं पर्यटक सन्दकपुर गाउँपालिका क्षेत्रका विभिन्न पर्यटकीयस्थलमा आउने गरेका छन् । सिंहलीला र महाभारत पर्वत श्रृंखलाबाट उत्पत्र दर्जनौ नदीला प्रणाली, विश्व सम्पदा सूचिमा सूचिकृत माईपोखरी रामसार, सिमसार क्षेत्र, लोपोन्मुख थुप्रै वन्यजन्तु, वनजंगलभरी हुलका हुल चराका बथान, वनस्पति, हिमश्रृखंला, छाँगा छहरा र यहाँका पौरखी किसानहरुले गरेका कृषि उत्पादन तथा पशुपालन व्यवसाय सन्दकपुर गाउँपालिको आकर्षणका केन्द्र रहेका छन् ।

आलु, अलैंची, अम्लिसो, गाईबस्तुको दूधलगायत पछिल्लो दिनमा किबीको व्यावसायिक खेतीले सन्दकपुरको कृषि पर्यटन फस्टाउँदै गएको छ । किवी फलको व्यावसायिक उत्पादन थालिएको सन्दकपुरमा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने दृष्टिले किवी जोन घोषणा भएको छ । मकै र धान फल्ने घर घुरानदेखि खेतबारीमा अलैंची र किवी खेती विस्तारले कृषि प्रवर्द्धनका साथ कृषि पर्यटनमा सहयोग पुगेको छ ।

 

शुक्रबार, २२ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे