सगरमाथा आरोहीको गाउँको नामले चिनिने दोलखाको बेदिङमा विद्युतको केन्द्रीय लाइन विस्तार भएको एक वर्ष नपुग्दै हरेक घरमा विद्युतीय चुलो पुगेको छ । गौरीशंकर गाउँपालिका–९ रोल्वालिङ क्षेत्रमा पर्ने बेदिङ गाउँ दोलखाको मुख्य पर्यटकीय क्षेत्र समेत हो ।

वडा अध्यक्ष निमगेली शेर्पा आफैंले बेदिङसम्म पुगेर हरेक घरलाई पानी तताउने एउटा कित्ली र चुलो वितरण गरेका छन् । रोल्वालिङ पदमार्गमा पर्ने सुर्मुचे, क्याल्चे, डोङाङ, थाङदिङ र बेदिङका हरेक घरलाई पुग्ने गरी ४० वटा विद्युतीय चुलो वितरण गरिएको वडा अध्यक्ष शेर्पाले जानकारी दिए ।

बेदिङका हरेक घरका शेर्पाहरू सगरमाथा आरोहण गरेका र टे«किङमा जाने हुँदा बेदिङलाई सगरमाथा आरोहीको गाउँको रूपमा चिनिन्छ । स्थानीय होटल व्यवसायीले घरायसी इन्धनको रूपमा दाउरा र ग्यास प्रयोग गर्दै आएका छन् । विगू गाउँपालिका–१ छ्योतछ्योतदेखि बेदिङसम्म ढुवानीका लागि प्रतिकेभी १२० रुपैया खर्च गर्दा एउटा ग्यास बेदिङ पु¥याउँदा ५ हजार ५ सय रुपैयाँ पर्छ ।

भौगोलक रूपमा अत्यन्तै विकट मानिने गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ उपत्यकामा पर्ने बेदिङ गाउँमा एक वर्षअघि मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको थियो । विद्युत लाइन र विद्युतीय चुलो भएपछि पर्यटन व्यवसायी र स्थानीयले समेत राहत पाउने भएका छन् । दुर्गम भएर पनि गाउँभरि नै विद्युतीय चुलो पाउने बेदिङ दोलखाकै पहिलो गाउँ भएको छ ।

विद्युतीय चुलोका लागि सिनर्जी पावर लिमिटेडले सहयोग गरेको हो । सिनर्जीले पावरले १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजना यही वडामा सञ्चालन गरिरहेको छ । रोल्वालिङ क्षेत्रमा २१ वटा होटेल छन् । पर्यटकीय क्षेत्रमा बाहिरबाट तरकारी ल्याउन नपरोस् भनेर हरेक होटेललाई प्लाष्टिक टनेल र तरकारीको बीउसमेत वितरण गरिएको छ ।

रोल्वालिङ उपत्यका र रोल्वालिङ हिमश्रृखलाको फेदमा रहेको बेदिङ ३८०० मिटर उचाइमा छ । च्छोरोल्पा हिमताल र रोल्वालिङ क्षेत्र दोलखाको प्रमुख पर्यटकीय क्षेत्रसमेत हो । यही क्षेत्रका घरवालाले विद्युतीय चुलो पाए तर विद्युतको समस्याले चुलो भने चलाउन पाएका छैनन् । चुलो पाएको दिनदेखि नै विद्युत लाइन बिग्रेका कारण चुलो चलाउन नपाएको स्थानीय बुलेन्द्र आचार्यले बताए ।

विद्युत प्राधिकरणले छ्योतछ्योतदेखि बेदिङसम्म २५ किलोमिटर लामो ११ केभी प्रसारण लाइन विस्तार गरेको छ । प्राधिकरणका अनुसार लामो प्रसारण लाइन र जंगलको बाटो भएकाले हावाहुरीका कारण रुख ढलेर लाइन बिग्रेको छ । लाइन बिग्रेपछि सिंगटीबाट मर्मतका लागि २ दिनदेखि ३ दिन लगाएर कर्मचारी जानुपर्ने अवस्था रहेको प्राधिकरण दोलखा वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले बताए ।

बेदिङसम्म विद्युत पुर्याउन गत वर्ष प्राधिकरणले २ करोड ५० लाख रुपैयाँ खर्च गरेको थियो । पर्यटन पदमार्गमा पर्ने होटेल व्यवसायीलाई लक्षित गर्दै सुर्मुचेमा १५ केभिए र क्याल्चेमा २५ केभिएको ट्रान्सफर्मर जडान गरी विद्युत उपल्ब्ध गराइएको छ ।

बेदिङमा गुम्बा र लामा पढाउने विद्यालयसमेत छ । त्यसमा समेत विद्युतीय चुलो ठूलो क्षमताको लाग्ने भएकाले त्यसलाई समेत पुग्ने गरी ठूलो क्षमताको ट्रान्सफरमर राखेर भरपर्दो सेवा दिने प्राधिकरण प्रमुख ढकालले जानकारी दिए । बेदिङभन्दा माथिल्लो गाउँ नामा समेत डिभिजन सिँचाइ कार्यालय र गौरीशंकर गाउँपालिकाले सोलार प्लान्टमार्फत विद्युतीकरण गर्ने तयारी गरेको छ ।

पर्यटकहरू ५ हजार मिटरको उचाइबाट टासिलाप्चा पास गरेर सोलुखुम्बुको नाम्चे पुग्ने गरेका छन् । ५ वर्षअघि नेपाल टेलिकमले सञ्चार सुविधाका लागि टावर राखेपछि मोबाइल सेवा सञ्चालनमा छ । विद्युतको केन्द्रीय प्रसारण लाइनसमेत पुगेपछि रोल्वालिङ क्षेत्र जाने पर्यटकहरूका लागि सञ्चार र विद्युतको समस्या हल भएको छ ।

शुक्रबार, २२ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !