संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्रुङ जिजिङखामा आज भएको हेलिकप्टर दुर्घटनामा पाईलट सुरेन्द्र पौडेल, स्थानीय भविन गुरुङ, हेलिकप्टर स्टाफ मनोज थापा सख्त घाईते भएका छन् ।

उनीहरुलाई उद्धार गर्न गएको अर्को हेलिकप्टरबाट उपचारकालागि काठमाडौ पठाईएको छ । पाईलट पौडेलको अवस्था गम्भिर रहेको छ । हेलिकप्टर टिम सदस्य छिरीङ भोटे, टर्नेलमा कार्यरत स्टाफ बिक्रम बिश्वकर्मा भने सामान्य घाईते भएका छन् ।

घाईतेहरुको काठमाडौँको मेडासिटि हस्पिटलमा उपचार हुँदै छ । सिम्रिक एयरको हेलिकप्टर हटिया गोलाको छोङ्ग्राङबाट अपर अरुण जलबिद्युत आयोजनाको समान लिएर उडेको केहि समयमा हम्मरे डाँडाको एक रुखमा ठोक्कीएर दुर्घटना भएको स्थानीय निमा लामाले जानकारी दिए । घटना स्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दुरीमा पर्छ ।

हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको बताइएकोछ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

शुक्रबार, २२ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत