सामुदायिक वन अतिक्रमण गर्नेक्रम बढेको छ । दैनिक विभिन्न व्यक्ति तथा संघ, संस्थाले सामुदायिक वन अतिक्रमण गर्न थालेका हुन् । जसको गतिलो उदाहरण हो, जाजरकोट भेरी नगरपालिका १२ को गुराँस सामुदायिक वन । यो वनलाई सहकारीदेखि विभिन्न व्यक्तिहरुले अतिक्रमण गर्दै आएका हुन् । पछिल्लो पटक वन क्षेत्र अतिक्रमण गरेर तरकारी संकलन केन्द्रको पक्की भवन निर्माण गरिएको छ ।

कर्णाली प्रदेश सरकारले उपलब्ध गराएको बजेटले वन क्षेत्रमा स्रोत केन्द्रको भवन निर्माण थालिएको हो । ३३ लाख लागतमा उक्त क्षेत्रमा भवन निर्माण सुरु गरिएको हो । हाल उक्त भवन निर्माणको चरणमा रहेको स्थानीय पूर्वाधार विकास आयोजन कार्यालय सुर्खेतका इन्जिनियर असिम गौतमले बताए । भवन २०८० असार मसान्त भित्र सम्पन्न गर्ने सम्झौता छ ।

यता डिभिजन वन कार्यालयले भने सामुदायिक वनमा भवन निर्माण गर्न नमिल्ने जनाएको छ । वन अधिकृत राधाकृष्ण दासले वन अतिक्रमण गरेर भवन निर्माण गर्न नमिल्ने बताए । ‘हामीले सामुदायिक वन अतिक्रमण गरी केन्द्र नबनाउन पत्राचार गर्ने छौँ’, उनले भने, ‘अटेर गरे कानुन अनुसार कारबाही गर्छौँ ।’ वन क्षेत्रको जग्गा कसैलाई भोगचलन गर्न पाउने अधिकार नभएको उनको भनाइ छ । संस्थागत रूपमै भइरहेको वन अतिक्रमण रोक्न वडा कार्यालय र जनप्रतिनिधिलाई निर्देशन दिएको उनले जानकारी दिए ।

भेरी न.पा. १२ का वडा अध्यक्ष बसन्त मल्लले भने सबैलाई पायक पर्ने भएकोले सो क्षेत्रमा तरकारी संकलन केन्द्र निर्माण भइरहेको बताए । स्थानीयले भने जनप्रतिनिधि र सामुदायिक वनका पदाधिकारीले आफूखुसी सामुदायिक वन अतिक्रमण गरी भवन निर्माण गर्न थालेको आरोप लगाएका छन् ।

तरकारी संकलन केन्द्रको भवन निर्माणका लागि तत्कालीन कर्णाली प्रदेश सरकारकी आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाहले ५० लाख बजेट विनियोजन गरेकी थिइन् । आफ्नो घर नजिकैका युवाहरुको माग अनुसार मन्त्रीले भवनका लागि बजेट पारेकी हुन् । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतबाट कार्यान्वयन हुनेगरी उक्त ठाउँमा तरकारी स्रोत केन्द्रका लागि बजेट आएको थियो । बजेट आएपछि तरकारी संकलन केन्द्र कहाँ बनाउने विषयमा छलफल भएको थियो ।

मध्यपहाडी लोकमार्ग कालोपत्रको जिम्मा पाएको ठेकेदारले आफु खुशी चुरेक्षेत्र दोहन गरेपछि स्थानीयले सोही क्षेत्रमा संकलन केन्द्रको भवन निर्माण गर्न सुझाव दिएका थिए ।

वन समिति र जनप्रतिनिधिको रोहवरमा अतिक्रमित क्षेत्रमा भवन निर्माण कार्य अगाडि बढेको थियो । वन क्षेत्रको जग्गा सुरुमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतका इन्जिनियर असिम गौतमको नेतृत्वमा निरीक्षण गरिएको थियो । सार्वजनिक जग्गामा भवन बनाउन पाउने भन्दै सो ठाउँमा भवनको स्टिमेट तयार गररेको स्थानीयको भनाइ छ । वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन विना भवनको टेण्डर भएको थियो ।

सहमति भए भवन निर्माण गर्न सकिने भन्दै कार्यालयले कुल ४७ लाखको टेण्डर गरेको थियो । टेण्डरमा वाइके कन्स्ट्रक्सनले ३३ लाख लागतमा भवन निर्माणको जिम्मा लिएको छ । सरकारले कुनै भवन निर्माण गर्दा जग्गा अनिवार्य उक्त संस्थाको नाममा हुनुपर्ने कानुनी प्रावधान छ । सार्वजनिक जग्गा भएको खण्डमा सम्बन्धित निकायबाट अनुमति लिएर भौतिक संरचना निर्माण गर्नुपर्दछ ।

बिहिबार, २१ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा