file photo

भारतपछि दोस्रो धेरै पर्यटक भित्रिने मुलुक चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा सुधार आएको छ । कोरोना महामारीका कारण ठप्पजस्तै रहेको चिनियाँ पर्यटकको पछिल्लो आगमनले पर्यटन क्षेत्रलाई पुनः लयमा फर्किन लागेको देखाएको छ । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०१९ को अप्रिलको तुलनामा सन् २०२२ को अप्रिलमा पर्यटकको आगमनमा ९० प्रतिशत सुधार आएको छ ।

निर्देशक लामिछानेले भने, “सन् २०२३ को अप्रिलमा चार हजार ७७० जना चिनियाँ पर्यटकसहित हवाई मार्गमार्फत विश्वभरबाट ९८ हजार ७७३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । चीनबाट सर्वाधिक पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटीको सङ्ख्या बढेको र बोर्डले कुनमिङ, छेन्दु र बेइजिङमा गरेको चाइनिज सेल्फ मिसन कार्यक्रमको सकारात्मक प्रभावले पर्यटन आगमनमा सुधारले देखाएको छ ।”

सन् २०२३ को मार्चमा चीनबाट दुई हजार ६३५ पर्यटक मात्रै नेपाल भित्रिएकाले नेपालको पर्यटन क्षेत्रले चिनियाँ पर्यटकको आगमनलाई पर्खिरहेको समयमा समूहगत रूपमै चिनियाँ पर्यटक भित्रिन थालेपछि पर्यटन क्षेत्रले पुरानै लय समात्न थालेको उनले बताए ।

चिनियाँ सरकारले आफ्ना नागरिकलाई घुम्न खुला गरेका ४० देशको सूचीमा नेपाललाई समेत समेटेकाले नेपाल घुम्न आउने चिनियाँ पर्यटकको मुख्य सिजन (मार्च–अप्रिल)को मुखमै राम्रो सङ्केत देखिएको उनले बताए ।

सन् २०२३ को अप्रिलमा नेपाल भित्रिने सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । अप्रिलमा भारतबाट ३१ हजार ४३७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यसैगरी अप्रिलमा सर्वाधिक पर्यटक भित्रिनेमा अमेरिकाबाट आठ हजार ४१३, बेलायतका पाँच हजार ४०९, अस्ट्रेलियाबाट तीन हजार ८२८, जर्मनीबाट तीन हजार २४६, फ्रान्सबाट तीन हजार २११, रसियाबाट दुई हजार ६६३, बङ्गलादेशका दुई हजार २१७ र थाइल्यान्डका दुई हजार १०२ जना पर्यटक नेपाल भित्रिएका छन् ।

व्यवसायी पछिल्लो समय बाह्य पर्यटकको बढ्दो आगमनले व्यस्त हुन थालेका छन् । होटल, रिसोर्ट, होमस्टेमा आन्तरिक र बाह्य पर्यटकको बुकिङ धमाधम भइरहेको छ । पर्यटन व्यवसायीका अनुसार आरोहण, ट्रेकिङलगायतका हिमाली पर्यटनका क्षेत्रमा राम्रो बुकिङ आइरहेको छ ।

बिहिबार, २१ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत