file photo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति विकृत हुँदै भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । सोमबार काठमाडौँमा एकीकृत ट्रेड युनियनको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिमा अनेकौँ फोहोर जम्दा विकृत बनेको बताएका हुन् ।

‘राजनीतिमा अनेकौँ फोहोर मैला जमेका छन् । त्यसलाई सफा गर्न चाहन्छौ । राजनीति कताकता मानिसहरूका निम्ति अत्यन्तै घृणाको विषय बनेको छ’, अध्यक्ष नेपालले भने, ‘किनभने यो विकृत भएको छ । भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।’

अध्यक्ष नेपालले भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष तथा श्रमजीवी सर्वहाराको पक्षमा आफ्नो पार्टी उभिन चाहेको भन्दै ट्रेड युनियनका कार्यकर्तालाई पनि त्यस दिशामा केन्द्रित गर्न निर्देशन दिए ।

सोमवार, १८ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत