धादिङको रुविभ्याली गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । नेपाली सेनाको सहयोगमा रुविभ्याली गाउँपालिका–३ स्थित कोचोङ डाँडामा हेलिप्याड निर्माण गरिएको हो । भौगोलिक रुपमा विकट रुविभ्यालीमा बर्खाको समयमा चार महिना यातायात सेवा बन्द हुने गरेको छ।

बाढी, पहिरो, बिरामी तथा सुत्केरी व्यथा जस्तो आपतकालीन अवस्थामा यो हेलिप्याड निर्माणले उद्दार कार्यमा विशेष भूमिका खेल्ने गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले बताए ।

रात्रीकालीन समयमा पनि नाईट भिजन हेलि ल्याण्ड गराउने स्तरमा यो हेलिप्याडलाई विकास गर्ने योजना रहेको उनले सुनाए। नेपाली सेनाको ६ बाहिनी अड्डाका सहायक बाहिनी पति विरेन्द्रमल्ल ठकुरी, शिव दल गण गजुरीका कर्नेल अशोकराज बरालको उपस्थितिमा गाउँपालिका उपाध्यक्ष फे लामा तामाङलाई हेलिप्याड हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ ।

 

सोमवार, १८ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !