File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच बर्ष चल्ने दावी गरेका छन् । सोमबार चितवनमा प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले सरकार यताउता हुने कुरा भ्रम रहेको भन्दै वर्तमान सरकार पाँच बर्ष चल्ने दावी गरेका हुन्।

उनले रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नहुने र रास्वपालाई सरकारमा ल्याउन सकारात्मक कुराकानी भइरहेको बताए।प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई जोगाउने प्रयासमा सरकार नलागेको भन्दै न्यूनतम साझा कार्यक्रममा समेत भ्रष्टाचार अन्त्य गर्नका लागि प्रतिवद्धता जनाइएको जानकारी दिए ।

उनले महाविर पुन आफूसँग सल्लाहानै गरेर माइतीघरमण्डलामा धर्नामा बसेको बताए । धर्ना अघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले अयोग्य लडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए ।

उनले अयोग्य लडाकुका बारेमा अदालतको फैसलालाई आफुले कार्यान्वयन मात्रै गर्न खोजेको स्पष्ट पारे। उनले एमाले अध्यक्ष केपी ओलीमाथिको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा झुटो भएको बताए । ओलीले भनेजस्तो तत्कालीन राजा र तीनका समर्थकले विरोध गरेको हो भने त्यो गम्भीर बिषय भएको उनले बताए।

सोमवार, १८ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !