दैलेखमा ११ स्थानीय तहका ९० वडा मध्ये ७३ वडामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेख, ग्रामीण विद्युतीय कार्यक्रम र स्थानीय तहको समन्वयमा दैलेखका ११ स्थानीय तहका ७३ वडामा राष्ट्रिय प्रसारण लाइन बिस्तार भएको हो ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले दैलेखका ११ स्थानीय तहका ९० वडामै राष्ट्रिय प्रसारण लाइन बिस्तारको काम भइरहेको र ७३ वडामा विद्युत् प्रसारण लाइन जोडिएको बताए ।

उनले अघिल्लो आर्थिक वर्षको ४२ करोड लागतमा बिद्युत् विस्तारको काम ९० प्रतिशत सकिएको र यो आर्थिक वर्षमा ११ करोड ६२ लाखको काम भइरहेको जानकारी दिए ।

उनले ११ स्थानीय तह मध्ये चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाटिकाँध गाउँपालिका र आठबिस नगरपालिका बाहेक अन्य आठ स्थानीय तहका वडामा राष्ट्रिय प्रसारण लाइन जोडिएको भन्दै महावु गाउँपालिकाका तीन वडामा विद्युत् विस्तारका लागि लाइन तानेर चार्ज गरिएको र छिटै बत्ती बाल्ने बताए ।

उनका अनुसार चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाटिकाँध गाउँपालिका र आठबिस नगरपालिकामा विद्युत् बिस्तारका लागि नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय र ऊर्जा विकास कार्यालय बाट ३२ करोडको काम भइरहेको छ ।

वितरण केन्द्र दैलेखका प्रमुख पाण्डेले ११ स्थानीय तह मध्ये, गुराँस, भगवतीमाई, डुगेश्वर, भैरवी र नौमुले गाउँपालिका तथा नारायण र दुल्लु नगरपालिकामा विद्युत् विस्तार भएको र महावुको तीन वडामा विद्युत् पुगेसँगै आठ वटा स्थानीय तहमा विद्युत् विस्तार हुने बताए ।

सोमवार, १८ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत