लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको बुङ झरनामा यतिबेला पर्यटक बढ्न थालेका छन् । चक्रीय अन्नपूर्ण पदमार्ग छेउमै रहेको यस झरनामा केही समयअघिसम्म एक सयको हाराहारीमा आउने गरे पनि यतिबेला दैनिक दुई सय ५० भन्दा बढी पर्यटक आउन थालेका हुन् ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार बुङ झरना निकै राम्रो रहेको र अन्नपूर्ण पदमार्गमा आउने विदेशी तथा स्वदेशी पर्यटक झरनामा रमाउने गरेका छन् । पदमार्ग छेउमै रहेको र रमणीय झरनाको दृश्य देखिने भएकाले झरनाले पर्यटकलाई लोभ्याउने गर्दा पदमार्गमा आउने पर्यटक एकपटक झरना नहेरी नजाने उनको भनाइ छ ।

पालिकामा रहेका यस्ता पर्यटकीय झरनालाई थप व्यवस्थित गर्दै अघि बढ्ने गाउँपालिका अध्यक्ष गुरुङले बताए । छहराले त्यहाँ पुग्ने जो कसैलाई पनि लोभ्याउँछ । स्थानीय पर्यटन व्यवसायी बाबुराम तामाङले भने, ‘यस झरनामा यतिबेला पर्यटक बढ्दै गएका छन्, यस पदमार्गमा आएका विदेशी र आन्तरिक पर्यटक गरी दैनिक दुई सयदेखि तीन सयसम्म झरनामा आउने गरेका छन् ।’

यस झरनामा आउने पर्यटक बढ्दा आम्दानी समेत आफूले राम्रो गरिरहेकाले उत्साहित बनेको उनले सुनाए । उनले भने, ‘सुरुआतमा यहाँ आफूले मात्र होटल सञ्चालन गरे पनि पछि पर्यटक वृद्धि हुँदा आम्दानी बढेकाले अन्य दुई-तीन पसलसमेत थपिएको र पसलमा समेत राम्रो व्यापार हुने गरेको छ, छहरा हेर्दै फुरुङ्ग बनेका पर्यटक कोही धमाधम छहराको फोटो खिच्छन् त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन्, प्रकृतिमा रमाउने पर्यटकलाई यस्ता झरनाले आकर्षित गरेको छ ।’ सदरमुकाम बेँसीसहरबाट झरना ३२ किलोमिटर दूरीमा पर्छ ।

आइतवार, १७ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत