file photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होटल क्षेत्रसँगै समग्र पर्यटन क्षेत्रमा देखिएका समस्याबाट नआत्तिन व्यवसायीलाई आग्रह गरेका छन् ।

होटल सङ्घ नेपाल (हान)को ४८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले समस्याबाट नडराउन र परिस्थिति सुध्रनेमा ढुक्क रहन आग्रह गरेका छन् । उनले भने, “तपाईँ व्यवसायी समस्याबाट नडराउनुस् म तपाईँहरुकै साथमा छु, चिन्ता गरेर हैन समाधानको पहल गरेर सफलतातिर अघि बढ्न सकिन्छ ।”

कोरोना महामारीले नराम्ररी थलिएको होटल क्षेत्रका समसामयिक समस्या व्यवसायीले राखेपछि पर्यटनमन्त्री किरातीले सरकारले व्यवसायमैत्री सेवा सहजीकरण र नीगित सुधारका लागि पहल लिएकाले ढुक्कसँग व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

पर्यटनमन्त्री किरातीले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि नीतिगत सुधारदेखि योजनाबद्ध कार्यक्रम अघि बढाइने विश्वास दिलाए । उनले व्यवसायमैत्री समय सापेक्ष ऐन नहुँदा लगानीकर्ताले निकै शास्ती बेहोर्नुपरेको भन्दै ऐन कानुन एकद्वार प्रणालीको हुनुपर्नेमा जोड दिए ।

मन्त्री किरातीले पर्यटनको महत्वपूर्ण पाटोको रुपमा रहेको होटल क्षेत्रको विकासका लागि नीतिगत सुधार जरुरी भएको उल्लेख गरे । उनले तराईका ठूला विमानस्थलमा एटिआर जहाज सहज रुपमा सञ्चालन गर्न, विभिन्न विमानस्थलबाट भारतका गन्तव्यमा सहज उडान गर्न र अन्य साना विमानस्थलको स्तरोन्नति गर्न मन्त्रालय लागि परेको जानकारी दिए ।

“प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोडेर लैजानुपर्छ, विश्वले फोटोकपी गर्न नसक्ने सगरमाथा र गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालमै छन्, यीलगायत अन्य सम्पदाको संरक्षण र प्रवद्र्धन गरी पर्यटक आकर्षण गर्न सकिन्छ”, पर्यटनमन्त्री किरातीले भने । उनले पर्यटन क्षेत्रका नयाँ आयामको खोजी गरी बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने कार्यक्रम जरुरी रहेको उल्लेख गरे ।

हानका निवर्तमान अध्यक्ष सिर्जना राणाले ठूलो लगानी भएको होटल क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिलाउन पहल गरिदिन पर्यटनमन्त्रीसमक्ष अनुरोध गर्नुभयो । हानका नवनिर्वाचित अध्यक्ष विनायक शाहले होटल क्षेत्रका विद्यमान समस्याको समाधानका लागि पहलकदमी गर्नु आफ्नो पहिलो दायित्व हुने उल्लेख गरे ।

हानका महासचिव साजन शाक्यले होटल व्यवसाय सञ्चालनमा भइरहेका समस्या र आगामी सम्भावनाबारे बताए । हानको वार्षिक साधारणसभाले विनायक शाहको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरेको हो ।

शनिबार, १६ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत