जयनगर–जनकपुर रेलमार्ग सञ्चालनमा छ । भारतबाट संख्यात्मक रुपमा नेपालमा धेरै पर्यटक आउने गरेकाछन् । भारतसँगको रेल कनेक्टिभिटीलाई नेपालले काठमाडौंसँग जोड्न सक्यो भने भारतीय पर्यटकको संख्या अझै बढ्नेछ।
सरकारले पूर्वपश्चिम रेलमार्ग बनाउने गरि अध्ययन गरिरहेको छ । वीरगञ्ज–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर भारत सरकारले त्यसको निर्माण थाल्ने अन्तिम तयारी पनि गरी रहेको छ ।
त्यसैगरि चीनले सहयोग गर्ने केरुङ–काठमाडौं रेलमार्ग पनि अध्ययनको क्रममो छ। आगामी दशकमा यी रेलमार्गहरू बनेमा पर्यटकहरूको आवागमनमा निकै सहज हुनेछ ।