file photo

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेमा एउटा परिवार आफ्नै मेहनतमा रमाइरहेको छ । पैसा कमाउन विदेश जानुभन्दा पनि स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण भोर्लेका प्रवीण दङ्गालको दम्पतीले प्रस्तुत गरेका छन् । सरकारी वा गैरसरकारी क्षेत्रको जागिरभन्दा पनि आफ्नै मेहनतमा धेरै पैसा कमाउन सकिन्छ भन्ने उद्देश्यले दङ्गालले चार वर्ष अगाडिदेखि व्यावसायिक रुपमा गाईपालन गर्दै आएका छन् ।

अहिले घाँस नपाउने समयमा पनि प्रवीण र उनकी श्रीमती रमाले नौवटा गाई पालेकी छिन् । गोठमा लस्करै गाई बाँधिएका छन् । गाईपालनबाट आम्दानी पनि राम्रै हुने गरेको छ । पछिल्लो समयमा ढुटो, चोकर, दाना, परालको मूल्य बढे पनि गाईको दूध बिक्रीबाट वार्षिक रु. १३ लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन् ।

गाईलाई घाँस काट्ने, दाना पानी दिने, दूध दुहुने, सरसफाइलगायत सबै काम श्रीमान श्रीमतीले भ्याएका छन् । स्नाकोत्तर तहसम्मको पढाइ भए पनि आफ्नै मेहनतबाट खुसी मिलेको दङ्गाल बताउँछन् । भोर्लेमा बहुदेशीय कृषि तथा पशुपालन फार्म खोलेर उनीहरुले गाईपालनको काम शुरु गरेका हुन् । आफ्नै गोठ नजिकको दुई बिघा बारीमा घाँस लगाएर त्यही घाँस गाईलाई खुवाउने गरिएको छ ।

बारीमा मकै र अरु अन्न बालीभन्दा पनि घाँस लगाउँदा बढी फाइदा पुग्ने गरेको दङ्गाल बताउनुहुन्छ । उत्पादित घाँस आफ्ना गाईलाई खुवाउनाका साथै घाँसको बीउ पनि बिक्री वितरण हुँदै आएको छ । वार्षिक दुई लाख ५० हजार बराबरको घाँसको बीउ पनि बिक्री हुुने गरेको छ । अहिलेको सुक्खा याममा समेत दैनिक ३० लिटर दूध नजिकैको सहकारीमा बिक्री हुँदै आएको छ ।

निकै मेहनती दङ्गाल दम्पतीलाई गाईपालनमा थप सहज होस् भनेर बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद्ले बहुदेशीय कृषि तथा पशुपालन फार्मलाई एक लाख अनुदान गत आर्थिक वर्षमा दिएको थियो । त्यो अनुदान रकमबाट पानी तान्ने पम्प र घाँस काट्ने उपकरण खरिद गरिएकाले धेरै सहज भएको कृषक दङ्गाल बताउँछन् ।

स्वदेशमा नै केही मिहेनत गरेर आयआर्जनमा जोडिनका लागि गाईपालन गर्ने युवालाई सहयोग गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई जोड दिन्छन् । हरेक क्षेत्रका युवालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले अनुदानका कार्यक्रम ल्याइएको उनको भनाइ छ । यस परिषद्को सानो अनुदान रकमले पनि युवामा स्वदेशमा नै मेहनत गर्ने र आम्दानी गर्ने परिपाटीको विकास गर्न पनि सहयोग पुगेको उपाध्यक्ष चौलागाईँ उल्लेख गर्छन् ।

शुक्रबार, १५ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !