तुलसीपुर उपमहानगरपालिकाले स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारमा बिक्रीका लागि किसान परिचयपत्र वितरण गरेको छ । स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु प्रोत्साहन गर्न परिचयपत्र वितरण गर्न थालेको हो ।

तुलसीपुर उपमहानगरपालिकाले बजारक्षेत्रमा स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्री गर्नका लागि किसान परिचयपत्र उपलब्ध गराएको छ । कृषि शाखाका प्रमुख धनराज गौतमले पहिलो चरणमा एकसय जना किसानलाई किसान परिचयपत्र उपलब्ध गराउन सुरु गरेको छ ।

गैह्र किसानले अन्यत्रबाट ल्याएका तरकारी बजारक्षेत्रमा यत्रतत्र बिक्री वितरण गर्न थालेपछि स्थानीय किसानहरु मारमा परेको भन्दै परिचयपत्र वितरण गर्न थालिएको छ । आर्थिक विकास समितिका संयोजक माधव वलीले किसानहरुले परिचयपत्र प्राप्त गरेसँगै बिहान ४ देखि ८ बजेसम्म बजार क्षेत्रमा कृषिजन्य वस्तु बिक्री सहजरुपमा गर्न पाउने व्यवस्था गर्न थालिएको बताए ।

सयोजक वलीले परिचयपत्र नराखी बजारमा तरकारी बिक्री वितरण गर्न नपाइने व्यवस्था गरिएको बताए । आर्थिक विकास समितिका संयोजक माधव वलीले बजारमा खुल्लारुपमा भारतीय तरकारी ठेलामा राखेर बिक्री गर्दा स्थानीय किसान मारमा परेका कारण किसान परिचयपत्र वितरण गर्न थालिएको बताए ।

उनले सम्बन्धित वडाले तरकारी बिक्री वितरण गर्ने किसानले उत्पादन गरेको विवरण सिफारिसपत्रमा जानकारी गराउनुपर्ने बताए । उनले भारतीय बजारबाट परीक्षणबिना नै तुलसीपुर बजारक्षेत्रमा तरकारी भित्रिरहेको अवस्थामा त्यस्ता तरकारी नकिन्न समेत आग्रह गरे ।

तुलसीपुर उपमहानगरपालिकाले भारतीय बजारबाट खुल्लारुपमा विषादी परीक्षण नगरेरै तुलसीपुर बजारक्षेत्रमा भित्रिने तरकारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनसँगको समन्वयमा चेकजाँच गर्न थालेको नगर प्रवक्ता समेत रहेका वलीले बताए ।

शुक्रबार, १५ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

भोटखोला गाउँपालिकाद्धारा आर्चरी खेलाडी सम्मानीत