राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघरबाट आन्दाेलन सुरु गरेका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै उनले आज बिहान माइतीघर मण्डलाबाट आन्दोलन सुरु गरेका हुन् ।

उनले नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्न माग गरे । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेर आफ्ना माग राखेपनि सरकार गम्भीर नभएपछि आन्दोलनको घोषणा गरेका थिए ।

महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

धर्ना सुरु गर्नुअघि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने माग प्रमुख माग रहेको बताए । त्यो कोष सन्चालन गरी अनुसन्धान गर्नेहरुलाई दिनका लागि सहज किसिमको ऐन कानुन बनाउनुपर्ने मागसमेत उनले राखेका छन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका पुनलाई सरकारले हाल वीरगञ्जको कृषि औजार कारखाना प्रयोग गर्न दिएको छ ।

शुक्रबार, १५ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा