राष्ट्रिय चिया दिवसकाे अवसर पारेर काठमाण्डाैमा आज बिहीवारदेखि अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा बिहीवारदेखि काठमाण्डाैकाे भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय चौथो चिया महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन कृषि, पशुपक्षीमन्त्री डा. वेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गर्नुभएको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवर्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय चिया महोत्सव गरिएको आयोजकले बताएको छ ।

आज काठमाण्डाैमा सुरु भएकाे महोत्सव शुक्रवार र शनिवार इलाममा हुनेछ । चिया महोत्सवमा रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी भएका छन् । विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराउने आयोजकले जानकारी दिएको छ ।

१५ र १६ गते व्यापारीलाई चिया बगैँचा अवलोकन तथा फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गराउने कार्यक्रम रहेको छ ।

बिहिबार, १४ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा