वसन्त ऋतुमा ढकमक्क फुलेको फूलले धोबीखोला कोरिडोर यतिबेला मनै लोभ्याउने गरि सिँगारिएको छ । धोबीखोलाको दुवै छेउमा लगाइएको रंगीबिरंगी सुन्दर फूलले कोरिडोरलाई नै ढकमक्क बनाएको हो ।

धोबीखोला कोरिडोर केही वर्ष अघिसम्म वर्षामा हिलो र हिउँदमा धुलो तथा प्रदूषणले यात्रा गर्न कठिन थियो । हिजोआज त्यही सडकमा दिनहुँ यात्रा गर्ने यात्रुहरूलाई कोरिडोरको दृश्यले मोहित बनाएको स्थानीयवासीहरु बताउँछन् ।

काठमाडौँ महानगरअन्तर्गत धोबीखोला किनारका लागि महानगरको वातावरण विभागले बिरुवा संरक्षण गर्दै आएको महानगरका प्रवक्ता नवीन मानन्धर बताउँछन् । आगामी दिनमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनामार्फत नयाँ बिरुवा रोप्ने तयारी रहेको उनको भनाइ छ ।

अहिले धोबीखोलमा फूल मात्र फूलेका छैनन् विभिन्न औषधिमूलक जडीबुटी पनि उपलब्ध छन् । बढी अक्सिजन उपलब्ध गराउने वर पीपललगायत जन्डिस भएको समयमा प्रयोग गरिने लहरे जडीबुटीसमेत कोरिडोरमा छन् ।

बिहिबार, १४ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे