प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा लालीगुराँस पार्क बनाउन लागिएको छ। घोडेपानी र पुनहिलको भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न लालीगुराँस पार्क बनाउन लागिएको हो। लालीगुराँस पार्कले पर्यापर्यटन अभिवृद्धि गरी टेवा पुर्‍याउने विश्वास गरिएको छ।

अन्नपूर्ण पदयात्रामा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई घना गुराँसे जङ्गलको अवलोकन गराउने, पर्यटकको बसाइ लम्बाउने र पर्यटकलाई घोडेपानीमा थप आकर्षित गर्ने उद्देश्यले डिभिजन वन कार्यालयमार्फत लालीगुराँस पार्क निर्माण थालिएको हो। घोडेपानीको जङ्गलमा मात्र आठ प्रजातिका गुराँस पाइने गर्दछन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीबाट २० मिनेटको पदयात्राको दूरीमा रहेको कालीसारस्थित साढे तीन हेक्टर क्षेत्रफलमा लालीगुराँस पार्क बनाउन थालिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी नरबहादुर क्षेत्रीले बताए। “यहाँ वरपर गुराँसको ठूलो जङ्गल छ। बीचमा रहेको समथर खाली भूभागलाई उपयोग गरेर पार्क स्थापना गर्ने योजना छ,” उनले भने, “लालीगुराँस पार्कले पर्यटन प्रवर्धनमा थप टेवा पु¥याउने विश्वास छ।”

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले २० लाख र स्थानीय उपभोक्ताको दुई लाख ३४ हजार रुपियाँ बराबरको श्रमदानसहित २२ लाख ३४ हजार लागतमा पार्क निर्माण गरिने सूचना अधिकारी क्षेत्रीले बताए। पार्कभित्र पदमार्ग, गोल हाउस निर्माण र लालीगुराँसका बिरुवा रोप्ने योजना रहेको लालीगुराँस पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र गर्बुजा पुनले जानकारी दिए। उनका अनुसार यतिखेर पार्कमा पूर्वाधार निर्माण थालिएको छ।

साथै गुराँसका नयाँ जाति र अनुकूल हावापानीमा हुर्कने फूल रोप्ने योजना छ। घोडेपानी र पुनहिलको भ्रमणमा आएका पर्यटकलाई आकर्षित गर्न गुराँस पार्क उपयोगी हुने उनले बताए। अध्यक्ष गर्बुजा पुनले भने, “यहाँ आएका पर्यटकलाई दुई/तीन दिनसम्म बस्ने वातावरण बनाउन गुराँसको घना जङ्गलभित्र पार्क बनाउन लागेका हौँ। बिहानीपख पुनहिलबाट सूर्योदयको दृश्यावलोकन गरेर फर्किएका पर्यटकलाई दिउँसोमा लालीगुराँस पार्कले थप आनन्द गराउनेछ।”

धेरै पर्यटक पुनहिलको भ्रमण गरेपछि तत्कालै फर्किने भएकाले घोडेपानीको बसाइलाई रोमाञ्चक बनाई बसाइ लम्बाउने योजनाका साथ घोडेपानी आसपासमा पर्यटन पूर्वाधार निर्माण हुन थालेका छन्।

पार्क नजिकै सुन्दर प्यारीवराह ताल पर्दछ। बिहानीपख पुनहिलको भ्रमण गरेका पर्यटक दिउँसोमा गुराँस पार्क हुँदै प्यारीवराह ताल पुगेर मनोरम दृश्यावलोकन गरेर पुन घोडेपानी फर्किन सक्छन्। प्यारीवराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्ने सुविधा पनि छ।

पार्कले पर्यापर्यटनमा योगदान पु¥याउने र घोडेपानीमा पर्यटकको बसाइ अवधि लम्बिने डिभिजन वन अधिकृत मनोज रानाभाटले विश्वास व्यक्त गर्नुभयो। चालु आर्थिक वर्षको असार मसान्तसम्म पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

बिहिबार, १४ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे