Trending
यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडी दर्ता गर्ने व्यवस्था गरेको छ ।
यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६० संशोधन गर्दै विभागले यो व्यवस्था गरेको हो । यसअघि नेपालमा उत्पादित विद्युतीय मोटरसाइकल ‘यात्री’ को दर्ता र सञ्चालनमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको थियो ।
अब नेपालमा जडान वा नेपालमै उत्पादन हुने सबै गाडीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायत प्रयोजनका लागि भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने व्यवस्था गरिएकोे छ । तर यसको सट्टामा मूल्य अभिवृद्धि कर बिजक पेस गर्नुपर्ने विभागले जनाएको छ ।
विभागका अनुसार प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारी साधनको हकमा अन्तःशुल्क निकासी फारामसमेत पेस गर्नुपर्ने विषय निर्देशिकामा थप गरिएको छ ।