सिञ्जा क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरु संरक्षणको पर्खाइमा छन् । सिञ्जा उपत्यकामा रहेको खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्रको संरक्षण हुन नसक्दा इतिहासका कतिपय तथ्यहरू धरापमा पर्ने अवस्था उत्पन्न भएको हो ।

उचित संरक्षण र उत्खनन्को अभावमा इतिहास नै नरहने अवस्थामा पुगेको छ । सिञ्जा क्षेत्रको कनकासुन्दरी मन्दिर क्षेत्र, विराट दरबार, पाण्डव गुफालगायतका ऐतिहासिक सम्पदाहरु संरक्षण अभावमा जीर्ण बन्दै गइरहेका छन् ।

सिञ्जा क्षेत्रमा रहेका मूर्तिहरु, ढुंगेधारा तथा देवलहरु, स्तम्भहरुको संरक्षण हुन नसक्दा चोरी हुने, फुट्ने क्रम बढिरहेको छ । कनकासुन्दरी मन्दिर जाने बाटोमा रहेको ढुंगाको मुर्ति ‘स्यूबाग’ पनि फुटेको अवस्थामा छ ।

यस्तै, यहाँको विराट दरबार पनि संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । पछिल्लो समयमा यो दरबार क्षेत्र भत्किएर सानो अवशेषको रुपमा मात्रै छ । खस राज्य सञ्चालनको समयमा बनाइएका यी मठ मन्दिर, सिंजा, सिहु बाघ, ठूलाठूला ढुंगामा कुँदिएका चित्रकला, संकेत अक्षर र अंकहरू लेखिएका शिलालेखहरूसमेत अहिले खेतबारी र पाखाहरूमा बेवारिसे अवस्थामा भेटिन थालेको स्थानीयले बताएका छन् ।

सिञ्जा गाउँपालिकाको जाँचगाउँमा रहेको भिमशेनको विशाल ढुंगाको तावा फुटेर मालिका माध्यमिक विविद्यालयभित्र राखिएको छ । सिञ्जा सम्पदाको उत्खनन् र संरक्षणमा राज्यले प्रथामिकता नदिएको स्थानीयको गुनासो छ । संरक्षणमा राज्यले खासै प्रथामिकता नदिएकोले यो क्षेत्रको इतिहास नै संकटमा परेको छ ।

सिञ्जा खस सभ्यताका जानकार स्थानीय तुंगनाथ उपाध्याय सिञ्जाका पुराना सम्पदाहरुको संरक्षणका पूर्वाधार तयार गर्नुपर्ने, कनका सुन्दरी मन्दिर क्षेत्र लगायतका सिञ्जाका विभिन्न स्थानमा उत्खनन् गरी भेटिएको सम्पति संग्राहलयमा राख्नुपर्ने बताउछन ।

सिञ्जा क्षेत्रमा रहेका विभिन्न धार्मिक–सांकृतिक, गुफा, मन्दिर, मूर्ति संरक्षणको पर्खाइमा छन् तर यस्ता पुरातात्त्विक सम्पत्ति र धरोहरको संरक्षणमा सम्बन्धित निकायको खासै ध्यान जान नसकेकोमा स्थानीयको चिन्ता छ । अझ पनि यसमा राज्य गम्भीर बन्न सके ऐतिहासिक धरोहर जोगाइराख्न सकिने स्थानीयहरु बताउँछन् ।

बिहिबार, १४ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा