नेपाल कृषि प्रधान देश भनिन्छ । अधिकांश भूभाग कृषि योग्य भए पनि सरकारको कृषि नीति प्रष्ट नहुँदा अहिले कृषि पेशा संगठित र यस तर्फ आकर्षण बढ्न सकेको छैन् । कृषिमा आधुनिकीकरणसंगै पछिल्लो समय यस तर्फ आकर्षित गर्न कृषि वन प्रणालीमा पनि जोड दिन थालिएको छ । यो प्रणालीमा बालीहरुलाई रुखहरुसंग मिलाएर लगाईन्छ ।

यसबाट खाद्यान्न बालीका अतिरिक्त घाँस, दाउँरा, पात र पत्कर जडीबुटी, फलफूल र काठको व्यवस्थापन गर्न सकीन्छ । परम्परागत कृषि प्रणालीमा कृषकहरुले केहि मात्र एक बर्षिय बालीहरु खेतबारीमा लगाएको पाईन्छ । रुख बिरुवाहरु भएका ठाउँमा बालीहरुमा ओझेल पर्ने हुनाले खेती राम्रो नहुने टिप्पणी पनि हुने गरको छ ।

बिगतका बर्षहरुमा गाउँमा वा बस्ती नजिकै वन पर्याप्त मात्रामा हुने भएकाले दाउँरा, घाँस आदिको प्रचुरता थियो । तर, पछिल्लो समय बिकासमा बदलिदो गतिसंगै वन विनास हुदै र पशुपालनको चरन आदी कारण वन क्षेत्र घट्दै गएको यर्थाथता छ । वन मासिदै जाँदा बाढी पहिरो, जस्ता खतराहरुले कृषि प्रणालीमा नकरात्मक प्रभाव पारेको छ । अहिले दाउँरा, घाँसको कमी हुँदै गएको र वातावरण प्रदुषण बढ्दै गएको छ ।

कृषि प्रणालीमा बिभिन्न प्रकारका रुख, डाले घाँस, तीनका प्रजातिहरु व्यवस्थित तवरले समायोजन गर्न सकीएको छैन् । तर यसलाई व्यवस्थित रुपमा गर्ने हो भने, कृषिलाई जलवायुमैत्री तवरले विकास गर्न सकीन्छ । कृषि वन प्रणालीबाट धेरै समुदायमा धेरै फाईदा पुग्न सक्छ । जस्तै थप बालीको अतिरिक्त डालेघाँस, फलफूल, काठ, दाउरा, जडिबुटीको उत्पादन मज्जाले लिन सकीन्छ ।

जसले दैनिक जीविकामा सहयोग गर्नुकासाथै आय आर्जनमा थप बृद्धि गर्छ । वनमा कम चाँप पर्न गई वनको दिगो व्यवस्थापन गर्न सहज हुन्छ । त्यसो त यस्को मुख्य फाइदा पशुपालनमा सहजता हुने हुन्छ । रुखका पातहरु झरेर कुहेपछि प्राङ्गरीक पदार्थको वृद्धि हुन्छ र माटोको उर्वराशक्तिमा समेत बृद्धि गर्छ । रुखले माटोलाई सुर्यको ताप हावाहुरीबाट बचाउँछ । अहिलेको पृथ्वी ताती रहेको अवस्थामा रुखले चिस्याउने काम गर्दछ । कृषि वन प्रणालीले भूक्षय कम गर्न सहयोग गर्छ ।

रुखहरु र कृषि वन प्रणालीको माटोले कार्वन सञ्चितिमा सहयोग गर्छ र जलवायु न्यूनिकरणमा मद्धत गर्छ । माटोलाई खडेरी, बाढी पहिरोको प्रकोपबाट जोगाउँछ र जलवायु अनुकुलका लागि मद्धत गर्छ । त्यसैगरी अहिलेको प्रविधियुक्त समयमा यसलाई प्रविधि र विकास संगै जोडेर लैजान सके जलवायु न्युनिकरणमा सहयोग पु¥याउन सक्छ ।

त्यसमा पनि अहिले पछिल्लो समयमा जलवायु परिवर्तनको असर प्रष्ट पृथ्वीमा देखिन थालेको छ । त्यसले मानवालाई नराम्ररी प्रभाव पारेको मात्र छैन दैनिकीमा समेत यसले अप्ठ्यारो स्थिति सृजना गरको छ । बेमौसमी हावा, पानी अतिबृष्टि आनवृष्टि,बाढी पहिरो आदी । यी मध्य पनि बेमौसमी जाडो गर्मीले पनि जलवायु परिवर्तनको असरलाई प्रष्ट देखाएको छ ।

तसर्थ यसलाई केवल भाषणमा मात्र सिमित नराखि जलवायु परिर्वतनको असर न्यूनिकरणकोलागि हामी सबै लाग्नु पर्ने देखिन्छ ।

बुधबार, १३ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे