जिल्ला परियोजना सल्लाहकार समितिकी अध्यक्ष तथा जिसस संखुवासभाकी उपाध्यक्ष बबिता अधिकारीले संखुवासभामा लर्निङ ग्राउण्डले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी हुने बिश्वास व्यक्त गरेकीछन् ।
सल्लाहकार समितिको आज खाँदबारीमा गरेको कार्यक्रममा उन्ले लर्निङ ग्राउण्डले भोटखोला, मकालु गाउँपालिकाका बिभिन्न स्थानहरुमा सञ्चालन गरेको कार्यक्रममासमेत आफ्नो तर्फबाट सुझाव राखेकी थिईन् ।
उन्ले सञ्चालित परियोजनालाई अझ बढी प्रभावकारी बनाउन सुझाव समेत दिएकीछन् । जिविकापार्जन, जैविक, सांस्कृतिक संम्पदा संरक्षण र पर्या पर्यटन प्रवर्दन सम्बिन्धि कार्यक्रम अझ बढी प्रभावकारी बनाउन उन्को सुझाव थियो । खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले पर्यापर्यटको माध्यमबाट जिविकोपार्जनमा सहयोग पुग्ने भन्दै पर्या पर्यटनको विकासमा जोड दिए ।
त्यसै गरी भोटखोला र मकालु गाउँपालिकाका प्रतिनिधिलेसमेत दुर्गम क्षेत्रमा रहेका बासिन्दाकालागि पर्यापर्यटन महत्वपुर्ण रहेकोमा जोड दिएका थिए ।