मेन्छियाम हाइड्रोपावर लिमिटेडको धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४ वैशाखदेखि ७ वैशाखसम्म निष्कासन गरेको आईपीओ आज बाँडफाँट गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि कुल ९ लाख ३४ हजार ९ सय १५ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो। आईपीओमा कुल १२ लाख ४४ हजार ३ सय ५ आवेदकले १ करोड ३७ लाख २० हजार ३० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ६५ हजार ६ सय ४६ वटाआवेदन रद्द भएर ११ लाख ७४ हजार २ सय २ आवेदन स्वीकृत भएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँडाफाँट भएको कम्पनीले जनाएको छ । स्वीकृत आवेदनमध्ये गोलाप्रथाबाट ९५ हजार ४ सय ११ जनाले १० कित्ताका दरले सेयर बाँडफाँट भएको एनआईसी एशिया क्यापिटलले जनाएको छ । जसमध्ये ४ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । अन्य आवेदकले भने कम्पनीको सेयर प्राप्त गर्न सकेनन् ।

कम्पनीले संखुवासभामा ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजना निमार्ण गरिरहेको प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले बताउनुभयो । कुल अनुमानित लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४ सय ८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ रहेको छ।

बुधबार, १३ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा