भौगोलिक विकटताका कारण सबै ठाउँमा ट्याक्टर लैजान झन्झटिलो हुने भएपछि आफ्ना खेतबारी जोत्नका लागि सिन्धुपाल्चोकका किसानहरूले गोरुकै प्रयोग गर्न थालेका छन् ।

गोरुप्रति किसानको आकर्षण बढ्न थालेसँगै स्थानीय सरकारले पनि ट्याक्टरको साटो गोरु नै अनुदानमा दिन थालेका हुन् ।

बाह्रबिसे नगरपालिकाले मात्र सातसय जना किसानलाई गोरु अनुदान दिएको नगरपालिकाले जनाएको छ । गोरु अनुदानसँगै गोरुको बिमा समेतको व्यवस्था गरिएको नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए ।

भौगोलिक अवस्थाका कारण सबै ठाउँमा ट्याक्टर लान र लैजान गाह्रो हुने मात्र हैन खेतबारी गहिरोसँग ट्याक्टरले नखन्ने र मर्मत गरिरहनु पर्ने, तेल प्रयोगका कारण महँगो हुने जस्ता समस्याका कारण आफूहरूले गोरुकै प्रयोग गर्न थालेको बाह्रबिसेका किसान हरिप्रसाद तिमल्सिना बताउछन । केही समय ट्याक्टरको प्रयोग गरेको र ट्याक्टर बिग्रन थालेपछि खेतबारीमा जोत्नमा नै समस्या आएको उनको भनाइ छ ।

राम्चेका किसान अटलबहादुर तामाङले भने ट्याक्टरको प्रयोग गर्दा उब्जनी नै कम भएको अनुभव सुनाउनु हुन्छ । गोरुले जोते जस्तै ट्याक्टरले राम्रो नजोत्ने हुँदा उब्जनी नै कम भएको उनको अनुभव छ । ट्याक्टर प्रयोग गर्न थालेपछि प्राङ्गारिक मलको पनि अभाव हुने भएकोले फेरि गोरुको प्रयोग गर्न थालेको उनी बताउछन ।

पहाडी जिल्ला सिन्धुपाल्चोकमा खेतबारीमा ट्याक्टर ढुवानी गर्न समस्या त छँदै छ । त्यसमाथि बिग्रिरहने र उब्जनी पनि कम हुने भएपछि ट्याक्टर प्रयोग गरिरहेका किसानहरू पनि पुन गोरु प्रयोगमा फर्कने क्रम बढ्दो छ

स्थानीय तहले पनि गोरु प्रयोग गर्ने किसानहरूलाई प्रोत्साहित गर्न अनुदानमा गोरुसँगै गोरु र हली दुवैको बिमा गरिदिएपछि किसानहरू भने उत्साहित भएका छन् ।

बुधबार, १३ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !