डिभिजन वन कार्यालय सप्तरी अन्तर्गत रहेको विभिन्न सब-डिभिजन वन कार्यालयले चोरी निकासीको क्रममा बरामद गरेका काठ समयमै व्यवस्थापन गर्न नसक्दा कुहिन थालेको छ । जिल्लाका विभिन्न सब-डिभिजन वन कार्यालयमा घाट गद्दी गरेर राखिएका अधिकांश काठ कुहिएर माटोमा परिणत भइरहेको छ ।

यी काठ विगत वर्षदेखि लिलामी प्रक्रिया अगाडि नबढेका कारण अधिकांश काठ कुहिएर माटोमा परिणत हुँदैगएको डिभिजन वन कार्यालय सप्तरीका डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहले बताए ।

रुपनी, कल्याणपुर, दौलतपुर, महुली र कञ्चनपुर सब-डिभिजन वन कार्यालय मातहत रहेका सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रबाट चोरी निकासीका क्रममा काठ बरामद भएपछि लामो समयसम्म अलपत्र छ । अधिकांश चिरानमा साल, आसन, कर्मा, कुकाठ, आँप र गोलियामा मसला, सिसो, साल, जिलेबी, कदम जातका काठको मुद्दा किनारा नलागेकाले बरामद प्रक्रिया ढिलो भएको सो कार्यालयको भनाइ छ ।

डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीका अनुसार सप्तरीमा २१ हजार १३६ क्षेत्रफलमा रहेको वनमध्ये २० हजार ३६२ क्षेत्रमा सात सय ७७ घाँसे मैदान रहेको रेञ्जर साफीले जानकारी दिए ।

रुपनी सब-डिभिजन कार्यालयमा चिरान काठ ५३० थानमा ३४६ दशमलव ६७ क्युफिट र गोलिया काठ १५७ थानमा ४६० दशमलव ५७ क्युफिट, कञ्चनपुर सब-डिभिजन कार्यालयमा चिरान काठमा ३६ स्थानमा ३० दशमलव ०१ क्युफिट र गोलिया काठमा ५४६ थानमा ४७९ दशमलव २० क्युफिट, दौलतपुर सब-डिभिजन कार्यालयमाचिरान काठमा १८ थानमा १६ दशमलव १८ क्युफिट, कञ्चनपुर सब-डिभिजन कार्यालयमा चिरान काठमा २५३ थानमा २२३ दशमलव ३ क्युफिट र मह्ली सब-डिभिजन कार्यालयमा चिरान काठमा ३४३ थानमा २२ दशमलव ३१ क्युफिट र गोलिया काठमा ६ थानमा ५४ दशमलव ०४ क्युफिटसहित जम्मा चिरान काठ ६३८ दशमलव ४७ क्युफिट र जम्मा गोलिया काठ ९३८ दशमलव ४७ क्युफिट काठको हैसियत बिग्रिएको अवस्थामा रहेको बताए ।

मङ्लबार, १२ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे