यतिवेला पूर्वी पहाडी जिल्लाहरू संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रका वन लालीगुराँसले ढकमक्क भएका छन् । लालीगुराँस फुलेर वनै राताम्मे भएको छ ।

राताम्मे भएको वन हेर्न आउने पर्यटकको घुइँचो लागेको छ । कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष गुराँसको राजधानी टिएमजे पुग्न नपाएका पर्यटक यस वर्ष भने धोको फुकाएर पुगेका छन् । यस वर्ष तुलनात्मक रूपमा लालीगुराँस पनि धेरै फुलेको स्थानीयको भनाइ छ ।

संखुवासभाको चैनपुर नगरपालिका–१ अन्तर्गत पर्ने गुफापोखरी, सुकेटार, मेन्छायम डाँडा र मादी नगरपालिकाभित्र पर्ने चौकीमंगलबारे, मदामसिंह क्षेत्र र धर्मदेवी नगरपालिकाको टुटेदेउराली र पाथीभरा मन्दिर परिसरमा अचेल गुराँस हेर्न पर्यटकले भरिभराउ छ । भारत, अमेरिका र बेलायतबाट समेत यस क्षेत्रमा घुम्न आउने गरेको स्थानीयको भनाइ छ । उनीहरू विशेष कामले नेपाल आएको मौकामा टिएमजे घुम्न आउने गरेका छन् । अनलाइन, युट्युबलगायत सञ्चारमाध्यमबाट थाहा पाएपछि यहाँ घुम्न आएको अमेरिकाका टिनक्यर कम्पनीका सिइओ सुजन्माले बताइन् । उनले नेपाल र नेपालका ग्रामीण क्षेत्र घुम्ने रहर भएकाले गुराँस हेर्न आएको बताइन् ।

टिएमजे क्षेत्रमा वनैभरि राताम्मे फुलेका लालीगुराँस ।

दैनिक तीन सय पर्यटक पुग्छन् टिएमजे
चैत पहिलो सातादेखि जेठ पहिलो सातासम्म टिएमजे क्षेत्रमा दैनिक दुई तीन सय आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको चौकीका स्थानीय कृष्ण लों तामाले बताए । दिनभर घुमफिर, रमाइलो गर्ने र बेलुका यतै रात बस्ने गरी पर्यटक आउने गरेको उनले बताए ।  समुद्री सतहदेखि दुई हजार आठ सय २९ मिटरको उचाइमा रहेको गुफापोखरी र आसपासका भौगोलिक सौन्दर्य हेर्ने पर्यटकहरूको ठूलो भिड लाग्ने गर्छ । टिएमजे क्षेत्रमा विशेष गरी मंसिरदेखि माघसम्म हिउँ खेल्न र फागुनदेखि जेठ पहिलो सातासम्म हिउँदको समयमा लालीगुराँस हेर्न आउने गर्दछन् ।

टिएमजे क्षेत्रको मुख्य आकर्षण
टिएमजे क्षेत्रको मुख्य आकर्षण भनेको विश्वमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये २८ प्रजाति एकै ठाउँमा हेर्न पाइनु नै हो । टिएमजे क्षेत्र पुगेपछि विभिन्न जातका रंगीबिरंगी लालीगुराँस हेरेर पर्यटकहरू लट्ठ हुने गर्छन् । उच्च हिमाली क्षेत्रको गुफापोखरी, मेन्छायम डाँडा, सन्राइज हेर्न, भीमसेनले बोकेको ढुंगा, रडगार्डेन, कञ्चनजंघालगायतका हिमशृंखलानजिकै देखिने, तमोर नदीको राफ्टिङ, सानो पाथीभराको मन्दिर पनि यहाँको आकर्षण हो । टिएमजे क्षेत्रको अर्को आकर्षण भनेको छिनछिनमै हुने मौसम परिवर्तन पनि हो । एकैछिनमा घाम लाग्ने र एकैछिनमा पानी पर्ने र बाक्लो हुस्सु लाग्ने हुनाले कतिवेला मौसम परिवर्तन हुन्छ पत्तो नहुने स्थानीय बताउँछन् ।


टिएमजे क्षेत्रमा सडक यातायात विस्तार भएकाले यहाँ पुग्न सहज छ । गुफापोखरी र चौकीमंगलबारेसम्म सहजै गाडीमा पुग्न सकिन्छ । सदरमुकाम खाँदबारी र तुम्लिङटार एयरपोर्टदेखि चैनपुर–मादी हुँदै गुफापोखरी पुग्न सकिन्छ । अर्को बाटो चैनपुर–माम्लिङ—मुढेशनिश्चरेदेखि टुटेदेउराली हुँदै टिएमजे क्षेत्र पुग्न सकिन्छ ।

शनिबार, ९ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे