भक्तपुर घुम्ने विदेशी पर्यटकको संख्या क्रमशः बढ्ने क्रममा रहेको छ । नयाँ वर्ष २०८० को पहिलो दिन भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूले भरिभराउ थिए ।

आर्थिक वर्ष २०७९/८० को साउनदेखि चैत्रसम्म (९ महिना अवधि) मा जम्मा १ लाख १६ हजार ८ सय १२ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका छन् । जसमा ६७ हजार ७ सय जना गैरसार्क र ४९ हजार १ सय १२ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू)  रहेका छन् ।

गत आ.व.को तुलनामा ९ महिनाको अवधिमा ९३,६४५ जना (गैरसार्क ५६,२६० जना र सार्क राष्ट्र र चीनका पर्यटकबाट ३७,३८५ जना) पर्यटकको आगमन वृद्धि र ११ करोड १४ लाख ३१ हजार पाँच सय रुपैयाँ बरबरको पर्यटन शुल्क वृद्धि भएको हो ।

यो आर्थिक वर्षमा पर्यटन शुल्कबाट १३ करोड ४४ लाख ५५ हजार रुपैयाँ संकलन भएको छ । जसमा गैरसार्क पर्यटकबाट १० करोड ९८ लाख ९९ हजार र सार्क राष्ट्र र चीनका पर्यटकबाट २ करोड ४५ लाख ५६ हजार पर्यटन शुल्क उठेको छ ।

गत आर्थिक वर्ष २०७८।७९ को तथ्यांक हेर्ने हो भने साउनदेखि चैत्रसम्मको अवधिमा जम्मा २३ हजार १ सय ६७ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए । जसमा गैरसार्कअन्तर्गत ११ हजार ४ सय ४० जना र सार्क राष्ट्र र चीनका ११ हजार ७ सय २७ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्यांक छ । आ.व. २०७८।७९ मा जम्मा २ करोड ३० लाख २३ हजार ५ सय रुपैयाँ पर्यटन शुल्क उठेको थियो ।

भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग एक ५०० लाई एक हजार ८०० कायम गरी शुल्क संकलन गर्दै आएको हो । भक्तपुर नगरपालिकाले पर्यटकहरूबाट उठेको शुल्कबाटै भक्तपुरको सम्पदाहरू संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको छ ।

भक्तपुर नपामा हाल दैनिक ५।६ सयको हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्यांकले देखाउँछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले पर्यटन क्षेत्रमा नराम्रोसँग असर पारेकोमा हाल भने विदेशीहरूको आगमनसँगै अब आशा पलाएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत यहाँका सम्पदाहरूको अवलोकन गर्न विदेशी पर्यटकहरूको आगमन बढेसँगै भक्तपुरका पर्यटन व्यवसायीहरू पनि खुशी देखिन्छन् । पर्यटकहरूको आगमनसँगै भक्तपुरको पर्यटन व्यवसायमा पनि चहलपहल बढ्दो छ । भक्तपुर घुम्न आउनेमा प्रायः भारतीय, चीन, अमेरिका, जापान, कोरिया र युरोपेली मुलुकका देशहरूको पर्यटकहरूको आगमन बढ्न थालेको हो । भक्तपुर अहिले आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र भएको छ । पर्यटकहरूको चहलपहल बढेसँगै यहाँका विभिन्न पेशा व्यवसायीहरूमा पनि आर्थिक गतिविधिहरू बढ्न थालेको बताइन्छ ।

भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा दोस्रो कार्यकालमा १४ वटा सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य सम्पन्न गर्यो भने दर्जनौं सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य जारी छ । गएको पहिलो पदावधिमा १२४ वटा सम्पदाहरू जनताको आर्थिक, भौतिक र नैतिक सहयोगमा नगरपालिकाको लगानीमा निर्माण सम्पन्न गरिएको थियो । त्यस्तै समय समयमा सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा, प्रभातकालिन सम्पदा पदयात्रा, स्थानीय पथप्रदर्शकहरुलाई तालिम तथा परिचालन, पर्यटन व्यवसायीहरुसँग छलफललगायतका कार्यमा जोड दिँदै आएको छ ।

दोस्रो कार्यकालमा पर्यटन गतिविधि बढाउन सांस्कृतिक कार्यक्रमसहित योम्हारी उत्सव, भजन प्रतियोगिता, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न घरेलु उत्पादन मेला, गाईजात्रामा सांस्कृतिक प्रतियोगितालगायतका गतिविधिहरू नगरपालिकाले सम्पन्न गर्यो ।

नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्र कार्यान्वयनको सिलसिलामा विगतदेखि गर्दै आएको काममा भक्तपुर नपाले निरन्तरता दिँदै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न प्रयास गर्दै आएको छ ।

शुक्रबार, ८ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे