हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेतीसम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ ।

‘महिला आयाआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम आयोजना गरिएको हो । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका स्थानीय महिला कृषकका लागि तालिम सञ्चालन गरिएको कृषि शाखा नायबसुब्बा विमला सिंहले बताए । कम्तीमा महिलाको भान्सामा अग्र्यानिक तरकारी पुग्न सकोस् भन्ने उद्देश्यले सञ्चालित तालिमबाट महिलाले जीविकोपार्जनसमेत गर्न सक्ने भएकाले तालिम सञ्चालन गरिएको सिंहले बताए ।

वडा नं ६ माथिल्लो गाउँका १५ दलित महिला कृषकलाई लक्षित गर्दै सञ्चालन गरिएको तालिमको सहजीकरण सिंह र जेटिए सुन्दर रावतले गरेका थिए । तालिममा सहभागी १५ दलित महिला कृषकलाई ग्रिनहाउस निर्माणका लागि प्रतिमहिला एक–एक थान त्रिपाल वितरण गरिएको थियो । साथै उनीहरुलाई तरकारीको बीउ निःशुल्क वितरण गरिएको थियो ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय हुम्लालाई काठमाडौंको नेपाल हेल्थ ट्रष्टले औषधि सहयोग गरेको छ । हेल्थ ट्रष्टबाट तीन सय १८ प्रकारको औषधि सहयोग प्राप्त भएको कार्यालयका निमित्त प्रमुख प्रेमबहादुुर सिंहले बताए । ट्रष्टले चार लाख ५० हजार रुपैयाँको औषधि सहयोग गरेको हो । रासस

शुक्रबार, ८ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा