हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ।
बिहीबार बिहान सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहेकाे छ । त्यस्तै, देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार दिउँसो भने देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहेकाे छ। त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, गण्डकी, कर्णाली, सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ।
बिहीबार राति भने देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।