रेलमार्गमा कटान भएको गोलिया काठलाई दाउरा बनाएर बिक्री गर्ने क्रम बढेको छ । त्यसमा पनि डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर अन्तर्गतको सब डिभिजन बन कार्यालय चेतनगरका सहायक बन अधिकृत बालकिशोर सिंहसमेत यस्तो कार्यक्रमा सम्लग्न रहेको पाईएको छ । सालको ५२ इन्च मोटाई १८ फिट लामो गोलियालाई तीन फिटको ६ टुक्रा बनाएर अनधिकृत लाभ लिएर बिक्री गरेको खुलेको छ ।

बन संरक्षण र रेखदेखको जिम्मेवारीमा रहेकै बन कर्मचारीबाट पछिल्ला दिनमा तस्करसँग मिलेमतो राखेपछि रौतहटको बन मासिँदै गएको छ । गएको ४ गते रामलाल वृन्दावन साझेदारी बन उपभोक्ता समूहको क्षेत्र अन्तर्गत रेलमार्गमा पर्ने सालको ५२ इन्च मोटाई १८ फिट लामो गोलिया काठ सब डिभिजन बन कार्यालय चेतनगरका सहायक बन अधिकृत बालकिसोर सिंहले वृन्दावन नगरपालिकाको हर्षाहामा रहेको चिरान मिलमा अनधिकृत लाभ लिएर बिक्री गरेको खुलेको हो ।

उनको संलग्नतामा सो १८ फिटको गोलिया काठलाई तीन/तीन फिटको दाउराको साइज बनाएर बिक्री गरेको खुलेपछि डिभिजन बन कार्यालयका प्रमुख सुनिल कुमार कर्णले फिर्ता ल्याउन निर्देशन दिएका थिए । सहायक बन अधिकृतले ५ टुक्रा फिर्ता गरे पनि अझै एक टुक्रा ल्याउन सकेका छैनन् । तर सहायक बन अधिकृत सिंहमाथि छानबिन नै नभएपछि उनको गलत क्रियाकलापलाई चोख्याउने प्रयास गरिएको छ ।

पूर्व पश्चिम रेलमार्ग अन्तर्गत चन्द्रपुरको मरधरदेखि बाग्मती सम्मको ११ किलोमिटरको ट्र्याक खोल्नको लागि रुखहरु कटान भइरहेको छ । चेतनगर बनक्षेत्रको कटान भएको सालको गोलिया काठलाई सहायक बन अधिकृत सिंहले बिक्री गरेको सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो । सहायक बनअधिकृत बालकिसोर सिंहले मजदुरहरु काठ लगेपनि आफूले फिर्ता ल्याएको बताए ।

रेलमार्गमा कटान भएको रुखहरुको हागा प्रति ट्र्याक्टर राजश्व ३ हजार लिएर बिक्री गरे पनि ओभरलोड गर्न अनुमति दिएर अनधिकृत १२ हजार सम्म सहायक बन अधिकृत सिंहले लिने गरेको आरोप समेत रहेको छ । रेलमार्गमा कटान भएको गोलिया काठ डिभिजन बन कार्यालयको सशस्त्र बन रक्षक कार्यालय अगाडी र दाउरा भने सब डिभिजन बनकार्यालय जुडिबेलामा गरिएको छ ।

बन अधिकृत सुनिल कुमार कर्णले गोलिया काठ गायब बनाएको सुनेपछि आफूले फिर्ता ल्याउन निर्देशन दिएको बताए ।

बुधबार, ६ बैशाख, २०८० गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे