प्यूठान जिल्लाका अधिकांश अग्ला टाकुराहरुबाट देखिने प्यूठान जिल्लाको उत्तर पश्चिममा अवस्थित रहेको पहाडको नाम हो “कोठीभिर”।

कोठिभिर नौबहिनी गाउँपालीका वडा नम्बर १ स्याउलीबाङ्गमा पर्दछ । यसको उचाई समुद्र सतहबाट ३ हजार ६ सय ५९ मिटर रहेको छ । यहाँ बर्षमा एकपटक हिउँ परेकै हुन्छ । कोठिभिर हिमरेखा भित्र परेपनि पुख्र्यौली देखि यसको नाम कोठिभिर भनिदै आएको छ ।

उक्त भिरमा ठुला ठुला अन्न भण्डार गर्न सकिने निगालो चोयाले बुनेर बनाइएको भकारी वा स्थानीय भाषामा ,,कोठा ,, आकार जस्ता चट्टानहरु भएकोले यस भित्रको नाम कोठिभिर रहन गएको भन्ने गरिन्छ । कोठिभिर प्यूठान,रोल्पार बाग्लुङ जिल्लाको सीमानामा पर्ने र यहाँ पर्यटन क्षेत्रको प्रचुर संभाबना भएकोले उक्त जिल्लाहरुले पनि कोठिभिर हाम्रो जिल्लामा पर्दछ भनि दावी गर्दै आएका छन् ।

तर यस क्षेत्रमा स्याउलीबाङ्गका बासिन्दाहरुले परापुर्ब कालदेखि नै असार, श्रावण, भदौ र असोज महिना भरी भेडा,गाई र भैसी चरणका लागी गोठ बनाएर बस्दै आएको र यसको अधिकांश क्षेत्रफल प्यूठान जिल्ला भित्र नै पर्ने भएकाले कोठिभिर प्यूठान जिल्लाको सबैभन्दा अग्लो शिर हो । यो प्युठान जिल्लाको सर्वोच्च शिर भएकाले यसको बारेमा प्यूठान जिल्लाका नागरिकहरुले जानकारी पाउन आबश्यक छ । यसको जानकारीका लागी हरेक पालिकाले तयार पार्ने स्थानीय पाठ्यक्रममा समाबेश गर्न सकिन्छ ।

कसरी पुग्ने कोठिभिर : प्यूठान जिल्लाको बाग्दुला बजारबाट करिब २९ किलोमिटरको गाडीको यात्राबाट स्याउलीबाङ्ग ठुलोगाउँ पुग्न सकिन्छ । ठुलोगाउँ पुगिसकेपछि कोठिभिरको लागी करिब ६ घण्टा पैदल यात्रा हिडनु पर्छ । कोठिभिर पुग्नको लागि ठुलोगाउँबाट बाटोका तीन ओटा विकल्पहरु रहेका छन ।

पहिलो बाटो : पधेरा खोलाको किनारै किनार घारी खोला,नौबहिनी क्षेत्र,खलेसबाङ, गुरासे हुदै पुग्न सकिन्छ ।
दोस्रो बाटो : ठुलोगाउँबाट ढुङगागारे, बच्चाचौर,तिखो,लिस्ने कमिरे हुदै पुग्न सकिन्छ ।
तेस्रो बाटो : ठुलोगाउँबाट फेरिखोला, पातिहाल्ने, तारे, लाम्पानी दह,ध्वजाबान्ने हुदै पुग्न सकिन्छ ।
माथिका तीन ओटा विकल्पहरु मध्ये पहिलो बाटो सजिलो र नौबहिनी क्षेत्र पर्ने भएकाले उक्त बाटो प्रयोग गरी कोठिभिर चढेर तेस्रो बाटोबाट फर्किन सकिन्छ ।

किन पुग्ने कोठिभिरः कोठिभिर प्युठान जिल्लाको सर्वोच्च शीखर, प्युठान जिल्लाकै अनुपम प्राकृतिक सम्पदा र यहाँबाट देखिने विभिन्न हिमालहरुका मनोरम दृश्य देख्न र घुम्न पुग्नै पर्दछ । यसको फेदमा विभिन्न थरिका लालीगुँरास, चेमाली फुल आदि रङ्गीचङ्गी फुलेका हुन्छन । यसको वरिपरि विभिन्न जीवजन्तुहरु जस्तै डाँफे, मुनाल, कालीज, घोरल, कस्तुरी, झारल, रतुवा, थार, भालु, बँदेल, बाघ, रेडपाण्डा आदि देख्न सकिन्छ। यस क्षेत्रमा पाईने वनस्पतीहरुमा चिराइतो, पखानवेद, पाँचओैल, सतुवा, जिम्मु, पदमचाल, विभिन्न, थरीका च्याउहरू आदि देख्न सकिन्छ। कोठिभिरबाट नेपालका प्रख्यात हिमालहरु धोैलागिरि, माछापुच्छ्रे , अन्नपुर्ण देख्न सकिन्छ। साथै मध्य पहाडी लोकमार्ग, रोल्पा र बाग्लुङका विभिन्न भूभागहरु सजिलै देख्न सकिन्छ।

कहिले घुम्ने कोठिभिरः विशेष गरेर कोठिभिर घुम्ने उपयुक्त समय चैत्र, बैशाख र जेठ महिना हो । यस अवधिमा अन्य महिनाको तुलनामा जाडो कम हुने तथा विभिन्न वनस्पतिहरु र विरुवाहरु फुल्ने भएकोले यश अवधिलाई उपयुक्त समय मानिन्छ । अन्य समयमा पनि पुग्न सकिन्छ तर जाडो समयमा धेरै जाडो हुने र वर्षायाममा धेरै वर्षा हुने भएकाले यात्रा कठिन हुन्छ ।

उपसंहारः पर्यटकहरुका लागि स्याउलीबाङ्गमा बस्न र खाना को लागि होटल व्यवसायीहरुबाट उहाँहरुको चाहाना अनुरुप सेवा प्रदान गरिन्छ। स्थानिय बासिन्दाहरुबाट घुम्नको लागि सरल र सहज बनाउनु हुन्छ । धेरै उकालो लामो समयको पैदल यात्रा गर्नुपर्ने र उक्त क्षेत्रमा प्राय जाडो हुने भएकाले चिसोले समाउन सक्ने तथा बिरामी पर्न सकिन्छ । तसर्थ प्राथमिक उपचारका सामाग्रीहरु राख्न उत्तम हुन्छ ।

पदयात्रा जङ्गल जङ्गल हुदै तथा बस्ती नभएको ठाउँबाट गर्नेभएकाले खाना र पानी तथा अन्य आवश्यक सामाग्रीहरुको जोहो आफै गरेर जानुपर्दछ ।

आइतवार, २६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे