file photo

प्राकृतिक श्रोतमाथि हुने दोहन पछिल्लो समय सामान्यजस्तै भएको छ । अवैध रुपमा भएको दोहनले वातावारणमा पारेको प्रभाव र सामाजिक असरलाई लिएर आवाज उठेपछि केहीसमय रोकेजस्तो गर्नु र पुनः उत्खनन हुँदा चुपचाप बस्नु नियमित सरकारी प्रकृया जस्तै बनेकोे छ । त्यसैको उदाहरण हो, धादिङमा पछिल्लो समय भइरहेको नदीमाथिको अवैध दोहन तथा उत्खनन ।

धादिङको त्रिशुली नदी र मलेखु खोलामा अहिले दिनरात नभनी स्काभेटरले उत्खनन गरिरहेको छ । खोलाभरि स्काभेटर र टिप्पर कुदिरहेको दृश्यले प्राकृतिक श्रोतमाथिको अवैध दोहन मात्र हैन देशमा नियमनकारी निकाय नै नभएको आभास हुन्छ । २०७९ पुष २० गते तत्कालीन गृहमन्त्री रवि लामिछानेले अवैध उत्खनन रोक्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो । तर त्यो निर्देशन तीन साता पनि टिकेन । माघ ११ मा गृह मन्त्रालयले बन्द क्रसर उद्योगहरु असार मसान्तसम्म सञ्चालन गर्न दिने गरी निर्णय गर्यो । त्यही निर्देशन जथाभावी अवैध उत्खननुको लागि सजिलो बाटो बन्यो ।

विगतमा कहिल्यै यो तहको उत्खनन नदेखेको बताउने स्थानीयहरु राज्य, स्नथानीय तह र व्यपारीको मिलेमतोमा खोलाभरि मेसिनको प्रयोग भएको नदी संरक्षण अभियन्ता शिवप्रसाद पाण्डे दावी गर्नुहुन्छ । राज्यले स्थानीयलाई बेवास्ता गर्दै आफू अनुकुल उत्खनन भैरहेको स्थानीय नवराज कँडेल बताउनुहुन्छ ।

कुनैपनि खानीहरु सञ्चालन गर्नु पूर्व खानी विभागको अनुमती लिनुपर्छ भने उत्खनन गर्दा पर्ने वातावरणीय प्रभाव अध्यन मूल्याङ्गकन गरेर मात्र अनुमति प्रदान गर्नुपर्ने प्रावधान छ । तर पछिल्लो समय खानी सञ्चालन तथा उत्खनन नियमन गर्ने अधिकार स्थानीय तहलाई दिइएसँगै प्रावधान र नियमको पालना भएको देखिदैन । थोरै विनास भएर धेरै विकास हुने काम गर्नुपर्छ तर धेरै विनास भएर थोरै विकास हुन्छ भने त्यस्तो काम रोक्नुपर्ने गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ बताउनुहुन्छ । पालिका अध्यक्ष श्रेष्ठ स्थानीय तहले विकासलाई प्राथमिकता दिएर आवश्यक वालुवा ढुँगा नियमानुसार निकाल्न दिनुपर्ने बताउनुहुन्छ ।

गृह मन्त्रालयको २०७७ कात्तिक २५ गतेको निर्णयले प्रभावकारी नियमन गरी उत्खनन रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको भएपनि २०७७ मङ्सिर २३ गतेको निर्णयले यो सबै अधिकार स्थानीय तहलाई दिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालको भनाइ छ । यस प्रावधानका कारण जिल्ला प्रशासन कार्यालयलाई अनुगमनबाट पन्छिने बहाना मिलेको छ ।

विधि र थिति अनुसार काम गर्ने, राजश्व संकलन गर्ने, ठेक्का पट्टाको सबै अधिकार स्थानीय तहलाई दिएको र अनुगमनको पहिलो दायित्व पनि स्थानीय तहको भएको प्रमुख जिल्ला अधिकारी ढकाल बताउनुहुन्छ ।

स्थानीय प्रशासन अनुगमनको अधिकार स्थानीय तहमा गएको भन्दै मौन बस्ने र राजस्व संकलन र नियमन दुवै अधिकार पाएको स्थानीय तहले अधिकारलाई आर्थिक लाभमा प्रयोग गर्दै जाने हो भने प्राकृतिक सम्पदा माथिको अनाधिकृत दोहन झन बढ्ने देखिन्छ ।

आइतवार, २६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !