सरकारले काठमाडौंबाट नजिक पर्ने जुगल हिमाल श्रृंखलाका पाँच वटा नयाँ हिमाल आरोहणका लागि खुला गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको प्रस्तावमा ती हिमाल आरोहणका लागि खुला गर्न लागिएको हो । हिमाल खुला गर्न मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्मा लगिसकेको छ । पर्यटन विभागकाअनुसार जुगल हिमाली श्रृखलाका पाँचवटा हिमाललाई जुगल–१, जुगल–२, जुगल–३, जुगल–४ र जुगल–५ नामाकरण गरिएको छ । सिन्धुपाञ्चोकमा पर्ने जुगल हिमाल काठमाडौंबाट नजिकमा पर्ने हिमाल हो ।

२०७५ मा जुगल हिमालको पहिलोपटक सफल आरोहण भएको थियो । ६ हजार १ सय ५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको हो । ग्याल्जेन पिकसहित जुगल श्रृंखलामा ११ वटा चुचुरो पर्दछन् । उक्त हिमालको समावेशी सगरमाथा आरोही माया गुरुङ, शर्मिला थापा र मिलन लामाले मंगलबार आरोहण गरेका थिए ।

यो हिमश्रृङ्खलामा हालसम्म पहिचान भएका ११ चुचुरामध्ये ६ हजार २५६ मिटरदेखि ६ हजार ९६६ मिटर उचाइका आठ चुचुरा छन् । २०७० कात्तिकमा नेपाल पर्वतरोहण संघले खुला गर्न सकिने हिमालको संख्या मन्त्रालयमा बुझाएको थियो । उक्त सूची अनुसार नेपालमा १ हजार ७ सय ९२ वटा हिमाल आरोहणका लागि खुला गर्न सकिन्छ ।

अहिलेसम्म ४ सय ३ वटा हिमाल खुला गरिएको छ । आरोहणका लागि खुला गर्न बाँकी १ हजार ३ सय ८९ हिमाल रहेको बताइएको छ ।

आइतवार, २६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा