बढ्दो शहरीकरणसँगै प्रदूषण बढिरहेका बेला धनगढी उप महानगरपालिकाले प्लास्टिक मुक्त अभियान सफल पार्न दुना-टपरी उत्पादनमा जोड दिएको छ ।

उपमहानगरपालिकाले प्लास्टिकबाट बनेका दुना-टपरी विस्थापन गरी त्यसको विकल्पमा सालका दुना-टपरीलाई प्राथमिकता दिएपछि अहिले धनगढी उप महानगरका महिलाहरू दुना-टपरी उत्पादनमा जुटेका छन् । घरको चुलो चौकामा सीमित रहने गृहणीहरू पछिल्लो समय उत्पादनमूलक व्यवसायतिर लागेपछि निम्न वर्गीय महिलाहरूको आर्थिक अवस्थामा पनि सुधार भएको छ ।

धनगढी उपमहानगरपालिकाले दुना-टपरी बनाउने तालिमसँगै मेसिनसमेत उपलब्ध गराएपछि उनीहरू दिन रात खटिएर दुना-टपरीको उत्पादनमा लागेका छन्। वनजङ्गलमा खेर जाने सालको पातबाट दुना-टपरी बनाएर बजारमा बेच्न सुरु गरेपछि यहाँका महिला हर्षित छन् । धनगढी उपमहानगरपालिकाले वैकल्पिक आम्दानीको स्रोत पहिचान गर्दै खेर गइरहेको वन पैदावरको सदुपयोग गरी दुना-टपरीलाई प्राथमिकता दिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको हिमाली दुना-टपरी उद्योगकी अध्यक्ष ममता बानिया अहिले दिउँसो १२ बजेदेखि ४ बजेसम्म दुना-टपरी बनाउँन थाल्छिन । परम्परागत नेपाली दुना-टपरीले बजारमा प्लास्टिकका आयातित प्लेटसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती भए पनि अहिले उपमहानगरपालिका प्लास्टिक मुक्त अभियान सुरु गरेपछि केही सहज भएको बानियाँको अनुभव छ ।

दुना-टपरी जङ्गलमा प्रशस्त पाइने पातबाट बनाइने भएकाले कच्चापदार्थको अभाव हुँदैन । महिलालाई आयआर्जनका लागि दुना-टपरी उद्योग उपयुक्त हुँदै गएको उनको भनाइ छ । यसले विपन्न वर्गका उपभोक्ताको सामान्य घर खर्चको जोहो मात्र नभई पर्यावरणीय रूपमा समेत फाइदा पुगेको छ भने बजारमा बिक्री गर्दै आम्दानीको स्रोत बनेको छ।

गत माघ महिनाबाट दुना-टपरी उत्पादन सुरु गरेका हिमाली दुना-टपरी उधोगका महिलाहरूले थोरै भए पनि आम्दानी गर्न थालेका छन् । करिब ३० जनाको समूह रहेको उधोगबाट हाल कच्चा पदार्थ, तथा बिजुली बिलसम्मको आम्दानी भइरहेको उनीहरू बताउँछन् ।

धेरै ठूलो टिम भएका कारण सुरुको आम्दानी नदेखिए पनि बिस्तारै आम्दानी हुन सुरु भएको हिमाली दुना-टपरी उधोगका सदस्य रजनी कुँवरको भनाइ छ । “दुना-टपरीको कच्चापदार्थ सबै प्राकृतिक भएकाले प्रयोगपछि फोहर व्यवस्थापन सहज हुन्छ”, कुँवरले भनिन्, “आफ्नै वन पाखामा झरेर खेरजाने पात टिपेर बनाइने भएकाले कच्चापदार्थको समस्या छैन ।

गाउँघरका महिलाका लागि सजिलो रोजगारी हुन्छ ।” हिन्दू संस्कारमा दुना-टपरी धेरै प्रयोग हुने भएकाले माग पनि कम नहुने कुँवरको विश्वास छ। दुना-टपरीको लाफा बेचेर सामान्य खर्च चलाउन सहज हुन लागेको उद्योगकी सदस्य सीतादेवी चौधरीको भनाइ छ। “पहिले-पहिले श्रीमानले पैसा नपठाउँदासम्म दैनिक खर्च चलाउनै गाह्रो हुन्थ्यो, अहिले दैनिक नुनतेल, बच्चाको कापी किताब यसैबाट पुग्न लागेको छ।”

सामुदायिक वनमा स्थापित दुना-टपरी उद्योगले सुरुआती चरणमा माग आएका आधारमा उत्पादन गर्ने गरेको छ। विस्तारै धनगढी बजार र जिल्लाभरि नै बजारका होटल तथा रेस्टुरेन्टबाट माग आएको त्यसैअनुसार उत्पान बढाउने सोचमा आफूहरू रहेको चौधरीले बताइन् ।

“अहिले बजारबाट आएको मागअनुसार उत्पादन गरेका छौँ, अब बजार व्यवस्थापन गरेर उत्पादनलाई नियमित गर्ने योजनामा छौँ”, एक दिन जङ्गल गएर टिपेको पातले तीन-चार दिन लाफा बनाउन सकिन्छ। धनगढी उपमहानगरपालिकाले पछिल्लो वर्ष मात्रै १ सय ८० जना महिलाहरूलाई दुना-टपरी उत्पादनसम्बन्धी तालिम दिइसकेको छ, भने ५० जना तालिम लिइरहेका छन् ।

तालिमसँगै उत्पादनसँग जोड्नका लागि धनगढी उपमहानगरपालिकाले समूहगत रूपमा ९ वटा मेसिन उपलब्ध गराएको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले जानकारी दिए । उनले दुना-टपरी उत्पादनमा जोड दिएको उप महानगरले हरेक काममा प्लास्टिकको विकल्पमा दुना-टपरी प्रयोगमा ल्याउने दाबी गरे।

घरको काम सकेर बचेको समयलाई सदुपयोग गर्दै महिलाहरू सामूहिक रूपमा दुना-टपरी उत्पादनमा जुटेका महिला आफ्नो कामबाट खुसी छन् मेयर हमालले भने विपन्न उपभोक्ताको सहभागिता गराई आर्थिक रूपमा सबल पार्ने योजनासँग एकातर्फ प्लास्टिक मुक्त धनगढी र अर्कोतर्फ महिलालाई आत्मनिर्भर बनाउन सवैको सहयोग आवश्यक छ ।

आइतवार, २६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा