सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने ठूला दलका शिर्ष नेताबीच सिंहदरबारमा भेट भएको छ ।
सभामुख घिमिरेको कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको हो ।
भेटमा पछिल्लो राजनीतिक अवस्था,संसद दलहरुबीचको आपसी सम्बन्धको बारेमा छलफल भएको छ । त्यसैगरी लामो समयदेखि एक आपसमा आलोचनामा उत्रिएका राजनीतिक दलका तीन शिर्ष नेताबीच भएको आकस्मिक भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।