गृह मन्त्रालयले बालबालिकाको जन्मदर्ता गर्ने सम्बन्धमा स्पष्ट पारेको छ । यसअघि बुबाको ठेगान नलागेको वा एकल महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थर र ठाउँबाट दर्ता गराउन परिपत्र गरेको गृह मन्त्रालयको आलोचना भएपछि थप प्रष्ट पारेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले परिपत्र गर्दै एकल महिलाबाट जन्मेको बच्चाको स्थायी ठेगाना राख्दा बुबाको नाम ठेगाना पत्ता नलागेको यकिन गरी आमाको थर र स्थायी ठेगाना राखेर घटना दर्ता गराउन वडा कार्यालयहरुलाई निर्देशन दिनुभएको हो । त्यस्तै, बदरयोग्य विवाहबाट जन्मेको बच्चाको आवश्यक प्रक्रिया पूरा गरी दर्ता गराउने परिपत्रमा भनिएको छ ।

यसैगरी दलित बालबालिकाको जन्म दर्ता गर्दा सूचकले आफ्ना बच्चाको थरमा बुबा आमाको भन्दा फरक थर उल्लेख गरी दर्ता गराउन चाहेमा राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएका दलित जातिभित्रको थरहरुमध्येबाट सूचना फारममा उल्लेख गरिएअनुसारको थर राखी जन्म दर्ता गराइदिने भनिएको छ ।

शनिबार, २५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे