विगतका वर्षहरुको तुलनामा यसवर्ष अत्यधिक रुपमा साल फुलेपछि चुरे भावर क्षेत्र यतिखेर मनमोहक वातावरणमय बनेको छ ।
साल फुलेसँगै कोईली, सुगा मैनाहरुको गून्जायमान धुनले समेत चुरे भावर जंगल क्षेत्र चराचुरुङगीको आवाजले झनै संगीतमय बनेको छ ।
चुरे भावर क्षेत्रमा अत्यधिक रुपमा साल फुलेसँगै राजधानी काठमाडौंबाट पूर्वी तराईका विभिन्न गन्तव्यमा यात्रा गर्ने सबैखाले यात्रुवाह तथा नीजी सवारीका साधनहरु वीपी राजमार्ग र मदन भण्डारी राजमार्गबाट आनन्द लिँदै आवत जावत गर्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
साल फुलेको दृश्यलाई पृष्ठभूमि बनाएर फोटो खिचाउने र टिकटक बनाउने युवा युवतीहरुको संख्या समेत चुरेभावर क्षेत्रमा बढेर गएको छ ।चुरे भावर क्षेत्रमा पाईने साल प्रजातिको रुखबाट बहुमुल्य काठको समेत उत्पादन भै घर आवास निर्माणमा प्रयोग हुने गरेकोले सालको काठ उत्तम मानिन्छ ।
सरकारी सम्बन्धित निकायले साल सिसौ प्रजातिका बनस्पतियुक्त वन जंगल क्षेत्रलाई दिगो रुपमा संरक्षण गर्न सके चुरे भावर क्षेत्रमा जंगल वातावरणीय पर्यटन विकासको सम्भावना समेत बढेर गएको छ ।
चुरे भावर क्षेत्रमा सेताम्मे भएर साल फुलेसँगै बुढापाकाहरुले भने यसवर्ष विगत वर्षहरुको तुलनामा अत्यधिक रुपमा आँधीहुरी आउन सक्ने बताउँछन् ।