सफा हिमाल अभियान २०२३ अन्तर्गत विभिन्न चारवटा हिमाल सरसफाइका लागि नेपाली सेनाले तीनवटा टोलीलाई जिम्मेवारी दिएको छ ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सेनाले सगरमाथा र ल्होत्से हिमाल सफाइका लागि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली, अन्नपूर्ण हिमाल सफाइका लागि सहसेनानी भीमबहादुर भुजेलको नेतृत्वमा १० जनाको टोली र बरुन्चे हिमाल सफाइका लागि सात जनाको टोली खटाइएको छ । सगरमाथा र ल्होत्से सफाइमा खटिएको टोली मङ्गलबार स्याङ्सोचे पुगेको र स्थानीय जनसमुदायसँग अन्तक्र्रिया गरी एक साताभित्र सगरमाथा आधार शिविर पुग्ने प्रवक्ता भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिमालको सफाइ र पदमार्गमा समेत सरसफाइ गर्ने कार्यलाई थप प्रभावकारी बनाउने योजनाअनुसार सैनिक टोली तोकिएको क्षेत्रतर्फ जिम्मेवारीमा खटिइसकेको छ । अन्नपूर्ण सफाइ गर्ने टोली आधार शिविरमा पुगिसकेको छ भने बरुन्‍चे हिमाल सफाइका लागि चैत २३ गते एक टोली आधार शिविरतर्फ प्रस्थान गर्ने योजना छ ।”

चारवटै हिमालबाट करिब ३५ मेट्रिक टन फोहोर सङ्कलन गर्ने लक्ष्यसहित खटिएको नेपाली सेनाको टोलीले विभिन्न मन्त्रालय, विभाग एजेन्सीलगायत विभिन्न सङ्घसस्था र स्थानीय तहको सहयोगमा मानवीय क्रियाकलापका कारण हिमालको बेस क्याम्पमा थुप्रिएका फोहोर व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

शनिबार, २५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !