अघिल्लो वर्षभन्दा मानव बेचबिखन तथा ओसारपसार वृद्धि भएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षभन्दा वर्षको फागुनसम्म मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको हो ।

तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा मात्र नेपालभर १४५ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै पीडित संख्या हेर्ने हो भने महिला ११८ र पुरुष ११ गरि १२९ रहेको छ । अभियुक्त भने पुरुष १२५ र महिला ७२ जना गरी १९७ छन । अपराधमा संलग्न ८२ जना पुरुष र ४४ जना महिला गरि १२६ जना पक्राउ परेका छन । जसमा ४३ पुरुष र२८ महिला फरार रहेका छन ।

त्यसैगरी चालू आर्थिक बर्ष २९७९/०८० मा मुद्दा दर्ता ९१ पीडित पुरुष ११ र महिला ११८ गरी १२९ जना पीडित रहेका छन् । अभियुक्तमध्ये १२५ पुरुष र ७२ जना महिला गरी १९७ जना रहेका छ्न भने त्यस मध्य ४३ पुरुष र २८ महिला गरी ७१ जना फरार छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार गत आर्थिक बर्ष भन्दा चालू आर्थिक बर्षमा मानव बेचबिखन तथा ओसारपसार अपराध बढेको छ ।

ब्यूरोका प्रमुख श्रेष्ठ अनुसार यसरी बेचबिखनमा परेका युवा युवतीलाई एक समूहले आकर्षक कामको प्रलोभन देखाएर बिदेश पु¥याएर बेचबिखन गरेर अलपत्र पार्ने गरेको बताउनु हुन्छ । यस्तो आपराधिक कृयाकलापबाट पीडित हुनेहरुमा अधिकांस किशोरकिशोरीदेखि ४० वर्ष उमेर समुहका छन् ।

वर्किङ्ग भिसामा खाडी मुलुक जान सरकार्ले रोक लगाएको भए पनि यस्ता गिरोहले अधिकास युवा युवतीलाई भिजिट भिसामा खाडी मुलुक पुर्याउने गरेको र यसरी गएर काम गर्दै आएका धेरै महिलालाई उद्दार गरी नेपाल फर्काएको ब्यूरोको दावी छ ।

ब्युरो टोलीले मात्र २०७६ सालदेखि हाल सम्ममा २३९ महिला, १९४ जना पुरुष, १२ जना बालिका र १७ जना बालक गरी ४८४ जनालाई उद्दार गरिसकेको जनाएकको छ । यस्तो जघन्य अपराध रोकथामको लागि मानव बेचबिखन तथा ओसापसर नियन्त्रण ब्युरोले समय समयमा स्थानीय जनसमुदायसँग मिलेर जनचेतना मुलक कार्यक्रमको आयोजना गर्दै आएको प्रहरीको भनाइ छ ।

 

शुक्रबार, २४ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा