बारा, चितवन र तनहुँमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहीता लागू हुने भएको छ ।

वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहीता लागू हुने निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार निर्वाचन आयोग र निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिको बैठक बसेर चैत्र २४ गतेबाट सम्बन्धित सबै पक्षहरुमा लागू हुनेगरी उपनर्विाचन प्रयोजनार्थ आचारसंहीता लागू हुने बताउनु भयो । उहाँले आचारसंहीता उल्लंघन भए उल्लंघन कर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । उहाँले उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रवारबाट आचारसंहीता लागू हुने बताउनु भयो । कतिपय आचारसंहीताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुनेपनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ । त्यो निर्वाचनमा हामीले आचारसंहीता लागू गर्नुपर्छ । आचारसंहीता लागू गर्ने प्रयोजनका लागि आज अर्थात मिति २०७९/१२/२३ गते निर्वाचन आयोगको पनि बैठक बसेको छ । निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिको पनि बैठक बसेको छ ।

चैत्र २४ गतेबाट आचारसंहीता लागू गर्नेगरी निर्णय गरेको छ । यो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रयोजनका लागि यदी आचारसंहीता उल्लंघन भएमा त्यसलाई कारबाही गर्ने, कारबाहीको विषय बनाउने विषयवस्तुसमेतलाई समेट्ने प्रयोजनको लागि केन्द्रिय आचारसंहीता अनुगमन समितिको बैठक बस्यो र यो बैठकले यसका सबै सरोकारवाला पक्षहरु सबैलाई आचारसंहीता लागू हुन्छ, तत् निर्वाचन क्षेत्रमा मात्रै नभइ बारा, चितवन र तनहुँ यी तीन वटै जिल्लाभर आचारसंहीता लागू हुन्छ ।

कतिपय आचारसंहीताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुन्छ । त्यसैले सबैलाई समेटेर आचारसंहीता लागू गर्दै त्यो आचारसंहीतालाई कडाईकासाथ कार्यान्वयन गर्ने प्रयोजनका लागि हामीले विभिन्न योजना तर्जुमा गरेका छौँ । कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न निकायहरुलाई कडाईका साथ परिपालना गर्न निर्देशन गरेका छौँ । विगतका निर्वाचनबाट पनि हामीलाई आचारसंहीता कार्यान्वयन गर्ने अनुभव छ, उपनिर्वाचनमा पनि राम्रोसँग आचारसंहीता कार्यान्वयन गर्छौं । यदी कसैले उल्लंघन गर्छ भने उल्लंघन कर्ता सजायको भागिदार हुनेछ । कसैबाट पनि आचारसंहीता उल्लंघन हुनेछैन ।’

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहीता कडाईकासाथ कार्यान्वयन गर्न सम्बन्धित पक्षहरुलाई निर्देशन दिइसकेको बताउनु भयो । उहाँले विगतका निर्वाचनको अनुभव रहेकाले उपनिर्वाचनमा राम्रोसँग आचारसंहीता कार्यान्वयन गराउने पक्षमा आयोग रहेको स्पष्ट पार्नुभयो । उहाँले आचारसंहीता उल्लंघनको अपेक्षा आयोगले नराखेको र निर्वाचन आचारसंहीता उल्लंघन भए उल्लंघन कर्ता सजायको भागिदार हुने बताउनु भयो ।

 

बिहिबार, २३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा