उदीयमान सहर बुर्तिबाङको शिरमा छ नरसिंहकोट । बागलुङको निसीखोला गाउँपालिका–७ मा स्थित नरसिंहकोटको धार्मिक, पर्यटकीय तथा ऐतिहासिक रूपमा निकै चर्चित ठाउँ हो ।

पर्यटकीय हिसाबले चर्चित भए पनि पूर्वाधार नबन्दा केही वर्ष अगाडिसम्म पर्यटकको आगमन न्यून थियो । जब निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दियो, त्यसपछि यहाँ दैनिकी पर्यटक आउन थालेका छन् । गाउँपालिकाले पनि नरसिंहकोटलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणमा जुटेको छ ।

नरसिंहकोट पुरोना राज्यसमेत भएको हुँदा यहाँ पर्यटकहरू बढी आउने गरेको पाइन्छ । तत्कालीन बाइसे चौबिसे राज्य हुँदा जिल्लाको धेरै ठाउँमा विभिन्न राजाहरूले राज्य सञ्चालन गरेको पाइन्छ । त्यसमध्ये नरसिंहकोटमा पनि भूरे राजाले राज्य सञ्चालन गरेको इतिहास छ । पहिले राज्य सञ्चालन भएको यस ठाउँ प्राकृतिक रूपमा मनोरम हुँदा आगन्तुकको आकर्षण बढ्दो छ । केही वर्षयता यहाँ निसीखोला गाउँपालिकाको धार्मिक तथा पर्यटकीय गन्तव्य निर्माण गर्न मठमन्दिर लगायतका संचरना निर्माण गरिरहेको छ ।

राजकुटमा पर्ने नरसिंहकोट निसीखोलाको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचत छ । अग्लो पहाडीको टुप्पोमा समथर भू–भागमा फैलिएको नरसिंहकोटले आन्तरिक मात्रै नभई विदेशी पर्यटकलाई पर्खिरहेको छ ।

पछिल्लो समय आन्तरिक पर्यटकसमेत बढ्दै गएको र भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटन मैत्री बनाउन थालेको निसीखोला गाउँपालिका–७ का अध्यक्ष दीपक कुँवरले  बताउनुभयो । दैनिकजसो आन्तरिक पर्यटक मन्दिरमा आउने गरेको बताउनुभयो । बुर्तिबाङ बजारदेखि नजिक रहेको हुँदा गाडीमा १ घण्टा र पैदल यात्रामा साढे १ घण्टामा पुग्न सकिन्छ ।

अध्यक्ष कुँवरका अनुसार पर्यटन पदमार्ग निर्माणसँगै पर्यटन पार्क, पाटी, पौवा, घेराबार, झाडी व्यवस्थापन, पुराना संरचनाको पुनः निर्माण लगायतका काम भइरहेका छन् । चालु आर्थिक वर्षमा निसीखोला गाउँपालिकाबाट ११ लाख र गण्डकी प्रदेश सरकारबाट विनियोजित रु आठ लाखले कालिका मन्दिर निर्माणसँगै पदमार्ग विस्तार गरिरहेको उहाँको भनाइ छ ।

यहाँबाट बुर्तिबाङ बजार स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ भने बागलुङको विभिन्न स्थान, म्याग्दी, प्यूठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँची लगायतका जिल्ला देख्न सकिन्छ भने धौलागिरि हिमाललगायत दर्जनौँ हिमशृङ्लाहरू र उच्च पहाडी भेगहरूको अवलोकन गर्न सकिन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकको केन्द्रमा रहेको हुँदा यहाँ भारतीय पर्यटकलाई बढी भित्र्याउन सकिने देखिन्छ ।

बिहिबार, २३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे