बौद्ध समाज अमेरिकाको कोलोराडोको अध्यक्षमा श्यामकुमार श्रेष्ठ चयन हुनु भएको छ । श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति बिस्तार गरीएको छ । उपाध्यक्षमा सोनाम शेर्पा,सञ्जय शाक्य,बषन्त गुरुङ रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा पेमा डोल्कर श्रेष्ठ, शान्ति लामा र टेकबहादुर थापा रहनुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी भेलाले चार सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ । सल्लाहकारहरुमा पूर्णबहादुर गुरुङ,अरुण गुरुङ, लाक्पा शेर्पा र चन्द्रमान गुरुङ रहनु भएको छ ।

अमेरिकाको कोलोराडोमा सन २०१७ मा गठित यस संस्थाले प्रत्येक बर्ष बुद्ध जयन्तीको अवसरमा कोलोराडोको डेन्भर डाउन्टाउनमा शान्ति पदयात्रासहित बिभिन्न चेतनामूलक र सन्देशमुलक कार्यक्रम गर्दे आएको छ । २६ सय ४७ औ बुद्धजयन्ती मनाउने कार्यक्रम रहेको संस्थाले जनाएको छ । उक्त दिन कोलोराडोमा सकृय सबै संघ संस्थाका पदाधिकारी,बुद्धिजीवि,व्यवसायी, पत्रकार तथा सर्वसाधरणलाई निम्तोसमेत गरीसकीएको संस्थाले जनाएको छ ।

रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालको संयोजन तथा स्थानीय संघ, संस्था र सर्वसाधरणको सहभागितामा डेन्भर स्थित स्काई लाईनपार्कमा सन् २०१६ मे २२ मा पहिलो पटक शान्ति पदयात्रा सहित बुद्ध जयन्ती मनाउन थालिएको थियो ।

समाजिक क्षेत्रमा कृयाशिल श्रेष्ठ अध्यक्षमा सर्वसम्मत भएपछि संस्थाले अझै गतिलिने बिश्वास गरीएको छ ।

बिहिबार, २३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा