एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्वको ठेगान नभएका बच्चाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन दिएको हो ।

‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानसँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानमा जन्मदर्ता गरिदिने,’ विभागको निर्देशमा भनिएको छ ।

‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने,’ विभागको निर्देशको दोस्रो बुँदामा भनिएको छ ।

जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा जन्मदर्ता रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता बनाउन पनि विभागले भनेको छ ।

बुधबार, २२ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा